• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही

सुनचाँदीको मूल्य बढ्यो

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

बेनी–बाबियाचौर सडक खुल्यो

दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ८. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • ९. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • १०. भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड


    Avatar photo
बुधबार, असोज १४, २०८३ मा प्रकाशित

दाङ- दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढदै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो ।

बजारमा भन्दा सस्तोमा चिनी, नुन पाइने भएकाले आफू खरिद गर्न आएको घोराही उपमहानगरपालिका–१५ का निर्मला मगरले बताउनुभयो । सरकारले चिनी, नुनमात्र नभई अन्य सामग्री पनि सहुलियतमा बिक्री गर्नुपर्ने उहाँको भनाइ छ । यसले उपभोक्तालाई सहज हुने उहाँ बताउनुहुन्छ ।

अर्का उपभोक्ता घोराही–७ का निर्मल केसी पनि सस्तो मूल्य पसलबाट नुन, चिनी खरिद गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अन्यत्रभन्दा केही छुट भएका कारण थोरै भए पनि राहात मिलेको उहाँको भनाइ छ ।

दैनिक खरिद गर्ने आउनेको सङ्ख्या वृद्धि हुदै गएको साल्टट्रेडिङ  घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो । सुरुका दिनमा कम भए पनि पछिल्ला दिनमा भीड बढदै गएको उहाँको भनाइ छ । अहिले दैनिक ३०० भन्दा बढी आउने गरेको उहाँले बताउनुभयो ।

सुपथ मूल्य पसलबाट सर्वसाधारणले प्रतिकिलो चिनी रु १०० र नुन प्रतिकिलो रु २४ मा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । बजारमा हाल चिनी प्रतिकिलो करिब रु १४० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । त्यसैगरी नुन पनि बजारमा प्रतिकिलो रु ३० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट चिनी र नुन खरिद गर्दा उपभोक्ताले केही रकम बचत गर्न सक्नेछन् । साल्टट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा नुन अधिकतम छ किलो र चिनी अधिकतम छ किलोसम्म खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

साल्टट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

विगतका वर्षमा चाडपर्वका समयमा सञ्चालन हुने सुपथ पसलबाट मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्टट्रेडिङले यस वर्ष भने नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गर्न थालेको जनाएको छ । प्रमुख गुप्ताका अनुसार सुपथ पसल असोज १ गतेदेखि कात्तिक ३१ गतेसम्म सञ्चालन हुनेछ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई केही राहत दिने उद्देश्यले सुपथ पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

चाडपर्वको समयमा एउटै व्यक्तिले ठूलो परिमाणमा वस्तु खरिद गरेर अन्य उपभोक्तालाई अभाव हुने अवस्था नआओस् भन्ने उद्देश्यले खरिदको सीमा तोकिएको बताइएको छ । यसको दुरुपयोग नहोस् भन्नेबारेमा कार्यालय सचेत रहेको जनाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको छ । विशेषगरी दसैँ, तिहार र छठका समयमा घरायसी प्रयोजनका लागि चिनी, नुनलगायत खाद्य वस्तुको खपत बढ्ने भएकाले उपभोक्ताको मागअनुसार सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने सरकारी प्रयासले बजार मूल्यमा हस्तक्षेप गर्ने अपेक्षा गरिएको छ ।

 

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही
सुनचाँदीको मूल्य बढ्यो
थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
बेनी–बाबियाचौर सडक खुल्यो
दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

भर्खरै

  • १.
    ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

  • ४.
    सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

  • ५.
    साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न उपभोक्ताको भीड

  • ६.
    बेनी–बाबियाचौर सडक खुल्यो

  • ७.
    दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

  • ८.
    गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.