• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

खोलामा पुल बन्यो, जाने बाटो छैन

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको मर्मत सुरु

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी


    Avatar photo
बुधबार, असोज १४, २०८३ मा प्रकाशित

महोत्तरी- प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन् ।

असोज सङ्क्रान्तिकै दिनदेखि एक साताको प्रचण्ड गर्मी, त्यसपछि चार दिनको निरन्तर वर्षा र फेरि अचाक्ली घामको रापले सर्पदंशका घटना बढेको हो ।

गर्मीमा शीतल खोज्न र वर्षामा दुलोभित्र पानी पसेपछि सर्प बाहिर निस्कन्छन् । यस्तोबेला सर्पदंशका घटना बढ्ने गरेको नेपाली सेनाका स्वास्थ्य प्राविधिक बताउनुभएको छ ।

“लाग्दो असोजसँगै बिरामी आउनेक्रम बढेको छ, यो महिना सुरु भएसँगैको प्रचण्ड गर्मी, त्यसलगत्तै चार दिनको वर्षा र फेरि प्रचण्ड गर्मी बढेको छ”, उपचार कार्यमा खटिएका सेनाको स्वास्थ्य प्राविधिक टोलीका इञ्चार्ज किङ्काङ चौधरी भन्नुहुन्छ , “अचाक्ली गर्मी र पानी परेपछि सर्पदंशका घटना बढछन् ।” केन्द्रका शय्या बिरामीले भरिएका छन् । यहाँको उपचार नेपाली सेनाका चार जना प्राविधिकले धानेका छन् ।

यहाँ निरन्तर दक्ष चिकित्सकको माग जनस्तरबाट उठ्दै आए पनि केन्द्रले अहिलेसम्म यसको प्रबन्ध गर्न सकेको छैन । कतैबाट चिकित्सकको प्रबन्धमा सहयोग नपाएपछि यिनै प्राविधिकको भरमा उपचार धानिएको सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । केन्द्रले उपचार सेवालाई निरन्तरता दिन कहिलेकाहीँ औषधि (एन्टीस्नेक भेनम) को अभाव खेप्नु परेको छ ।

विसं २०७१ साउन ३१ गते विधिवत् सञ्चालनमा आएको केन्द्रले यसपालि औषधिकै अभावले उपचार दिन असमर्थता जनाउँदै सूचना नै टाँस गर्नुपरेको थियो । “कति ठाउँ चाहार्‍यौँ, एन्टीस्नेक भेनम भाइल पाउन सकिएन, बाध्य भएर सेवा बन्द भएको सूचना टाँस्नुपर्‍यो”, गत भदौ मसान्तका दिन साँझपखको घटना सम्झँदै देवकोटा भन्नुहुन्छ, “त्यसपछि समाचार आए, स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण भयो, तत्काल औषधिका भाइल उपलब्ध भएपछि हामीले तेस्रो दिन नै सेवा सञ्चालन गर्नसक्यौँ ।”

केन्द्रले सूचना टाँस गरेलगत्तै असोज २ गते स्वास्थ्य सेवा विभागबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा अमृत पोखरेल नेतृत्वको टोलीले केन्द्रको अनुगमन गर्नसँगै औैषधि निरन्तर उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएपछि त्यसैदिन सेवा सञ्चालन गरिएको हो । केन्द्रमा दक्ष चिकित्सक र भेन्टिलेटर सुविधासहितको उपचार प्रबन्ध नहुँदा गम्भीर प्रकृतिका बिरामी देख्नासाथ केन्द्रले प्रादेशिक अस्पताल जनकपुर र अन्य साधन सम्पन्न अस्पताल लैजान भन्ने गरेको छ ।

“हामीकहाँ दक्ष चिकित्सक र आवश्यक उपचार संशाधन पर्याप्त छैनन् त्यसैले जटिल प्रकृतिका बिरामीलाई रोकेर ज्यान जोखिममा पार्न सकिन्न”, केन्द्र सञ्चालक समितिका सचिव ध्रुव विष्ट भन्नुहुन्छ, “यसबारे नगर नेतृत्व र नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले पहलकदमी लिनुपर्छ ।”

बर्दिवास नगरप्रमुख र नगर कार्यपालिकाको कार्यालयले बर्दिवास नगर अस्पतालकै चिकित्सकमध्ये कसैलाई केन्द्रमा खटाएर तत्कालको आवश्यकता सम्बोधन गर्नपर्ने विष्टको धारणा छ ।

केन्द्रमा एक जना दक्ष चिकित्सकको आवश्यकताबारे बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री पनि जानकार हुनुहुन्छ । “केन्द्रमा दक्ष चिकित्सक चाहिन्छ, सर्पदंश उपचार केन्द्र सञ्चालक समितिसँग समन्वय गरेर यसबारे चाँडै प्रबन्ध गरिन्छ”, क्षेत्रीले भन्नुभयो ।

उपचारमा संलग्न सेनाका प्राविधिक खटाउने नेपाली सेनाको परिकौलीस्थित श्री गोरखनाथ गणले पनि दक्ष चिकित्सक नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या हुने जनाएको छ ।

विषालु सर्पको पाइने यो क्षेत्रमा दिनदिनै सर्पदंशले मान्छे मर्न थालेपछि समुदायस्तरको प्रयत्नबाट गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । स्थापनाकालदेखि हालसम्म केन्द्रले ३३ हजार बढी सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको अभिलेखबाट देखिन्छ ।

केन्द्रमा महोत्तरी, धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुङ्गा र रामेछाप जिल्लाका बिरामीले बाक्लो उपचार सेवा लिँदै आएका छन् । समयक्रमसँगै केन्द्रमा थप एक जना दक्ष चिकित्सक चाहिने सबैतिरबाट माग बढेको छ ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खोलामा पुल बन्यो, जाने बाटो छैन
उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल
बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी
शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

भर्खरै

  • १.
    खोलामा पुल बन्यो, जाने बाटो छैन

  • २.
    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

  • ३.
    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

  • ४.
    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

  • ५.
    चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

  • ६.
    पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ७.
    बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको मर्मत सुरु

  • ८.
    अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.