• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

सुनचाँदीको मूल्य घट्यो

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु


    Avatar photo
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।

नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”

उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकियो भने स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो । “विस्फोट गराइ चट्टान फुटाउँदा मस्र्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ ।”

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुङ्गाले मस्र्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उहाँको भनाइ छ ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय ङिस्याङ गाउँपालिका–४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना विद्युतगृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध छ । यसअघि २०७८ सालमा सोही घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना
सुनचाँदीको मूल्य घट्यो
यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

भर्खरै

  • १.
    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • २.
    थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

  • ३.
    मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

  • ४.
    चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

  • ७.
    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

  • ८.
    भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.