रामदुलारेको नाम राजदूत हुने भनेर
समाचार के आउन पाएको थियो
सँगसँगै उसका
बाबु-बाजेले गरेका कृत्य कुकृत्य
पनि छरपष्ट हुन थाले !
ऊ रुँदै
बडका भलमन्सा कहाँ पुग्यो
र, भन्यो- बाजे यो के हो ?
चिनेका भए पनि हुन्थ्यो
धेरैजसो नचिनेकाले
सत्तोसराप गरेका छन्
सामाजिक सञ्जालमा !
बडका भलमन्साले भने-
तैंले गरेको के छस्
दिनभरि मोबाइल चलाउन
टिकटक बनाउन
चिया खाएर बकमफुसे गफ गर्नबाहेक ?
सामाजिक सञ्जालका
स्टार छन्
सुपरस्टार छन्
न्यायाधीश छन्
विद्वान छन्
जसले यो ठाउँ कब्जा गरेका छन् !
झापाली बाले
तह लगाउन खोजेका थिए
उनलाई नै तह लगाइदिए
तेरो के औकात आफै बुझिहाल् !