• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पहिरोले घर पुरिँदा एकको मृत्यु

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

लोकप्रिय समाचार

  • १. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ५. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ६. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ७. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ८. दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ९. रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • १०. डुकुछापको खोरमा दोस्रो चितुवा

विश्‍व घटना : अर्जेन्टिनाको ५३ प्रतिशत जनसंख्या गरिब


    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

काठमाडौं- आज २६ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १७८६- अमेरिकामा पहिलो सशस्त्र विद्रोह

अमेरिकामा पीडित ऋणीहरूलाई नै जेलमा हालिएको विरोधमा पहिलो सशस्त्र विद्रोह भएको थियो। म्यासाचुसेट्सको स्प्रिङफिल्डस्थित अदालत नै विद्रोहीहरूले बन्द गरिदिएका थिए। यस विद्रोहको नेतृत्व ड्यानियल सेजले गरेका थिए। रक्तपातपूर्ण संघर्षपछि सरकारले विद्रोह दमन गरेको थियो।

– सन् १९१४- अमेरिकामा फेडेरल ट्रेड कमिसन स्थापना

अमेरिकामा आजकै दिन फेडेरल ट्रेड कमिसन स्थापना भएको थियो। फेडेरल कमिसन ऐनअनुसार स्थापित यसले उपभोक्ता र बजार सुरक्षाको नियमन गर्छ।

– सन् १९५९- टाइफुनले लियो ५ हजारको ज्यान

जापानमा आएको शक्तिशाली टाइफुन ‘भेरा’ले ५ हजार जनाको ज्यान लिएको थियो। यो इतिहासमा अभिलेखीकृत शक्तिशाली टाइफुनमध्ये एक हो। त्यसका कारण वर्षा, भूस्खलनमा ठूलो जनधनको क्षति भएको थियो।

– सन् २००९- शक्तिशाली तुफानले ६ देशका ७०० को लियो ज्यान

सन् २००९ मा आजकै दिन फिलिपिन्स, चीन, भियतनाम, कम्बोडिया, लाओस र थाइल्यान्डमा आएको समुद्री तुफानले सबै देशमा गरी ७०० जनाको ज्यान लिएको थियो। उक्त तुफानलाई केत्साना नाम दिइएको थियो।

– सन् २०२०- अस्ट्रेलियामा मरे ३५० ह्वेल

अस्ट्रेलियाको तस्मानिया राज्यको म्याकक्वेरी हार्बरमा फसेका ३५० ह्वेल सामूहिक रूपमा मरेका थिए। हार्बरमा फसेकामध्ये १०८ वटा मात्र बचेका थिए। एकसाथ ठूलो संख्यामा एकै ठाउँ ह्वेल जम्मा हुँदा उक्त घटना भएको थियो।

– सन् २०२२- अमेरिकी जासुस स्‍नोडेनलाई रुसको नागरिकता

सन् २०२२ मा अमेरिकाका जासुसी ठेकेदार एडवार्ड स्‍नोडेनलाई रुसले नागरिकता दिएको थियो। रुसी राष्‍ट्रपति भ्लादिमिर पुटिनले नै उनलाई मस्कोमा नागरिकता प्रदान गरेका थिए।

– सन् २०२४- अर्जेन्टिनाको आधा जनसंख्या गरिब

सन् २०२४ मा प्रकाशित नयाँ आँकडाअनुसार दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको आधा जनसंख्या गरिब बनेको उल्लेख थियो। ४ करोड ६० लाख जनसंख्या रहेको त्यहाँ गरिबी दर ४१.७ प्रतिशतले बढेर ५२.९ प्रतिशत जनसंख्या नै गरिब बनेको उक्त आँकडामा उल्लेख थियो। र, त्यहाँको मुद्रास्फीति दर त्यतिबेला २३० प्रतिशत थियो।

– सन् २०२४- अमेरिकामा समुद्री तुफानले लियो अढाइ सयको ज्यान

सन् २०२४ मा अमेरिकाका १० वटा राज्यमा समुद्री तुफान हेलेनले २५० जनाको ज्यान लिएको थियो। त्यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको थियो।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल
पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए
झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
पहिरोले घर पुरिँदा एकको मृत्यु
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

भर्खरै

  • १.
    आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

  • २.
    पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

  • ३.
    झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४.
    पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

  • ५.
    पहिरोले घर पुरिँदा एकको मृत्यु

  • ६.
    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

  • ७.
    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

  • ८.
    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.