• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

सिद्धिचरण लोकमार्ग अवरुद्ध

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ४. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ७. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ८. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ९. रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • १०. डुकुछापको खोरमा दोस्रो चितुवा

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा


    Avatar photo
शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

काठमाडौँ- चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०÷२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ । परीक्षण १५ दिनसम्म भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो ।

उहाँले विद्युत्को उच्च माग हुने साँझको समयमा दैनिक दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।

आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ । कूल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ । निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत रु नौ अर्ब १७ करोड  छ ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट वित्तीय व्यवस्थापन गरिएको हो ।

आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ढाँचामा गर्न जयप्रकाश एसोसिएट्स लिमिटेड, भारतसँग ५ मङ्सिर २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।

उक्त सम्झौता १० जेठ २०७५ देखि कार्यान्वयनमा आएको हो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २८ असोज २०७६ मा ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनाको निर्माण सुपरीवेक्षण वाप्कोस लिमिटेड, भारतले गरेको हो । प्राधिकरणले सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट थियो ।

निर्माणका क्रममा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का रद्द गरिएको थियो ।

त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गरी प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरिएको थियो ।

सोहीअनुसार नयाँ ठेक्का सम्झौतामार्फत आयोजना निर्माण अघि बढाइएको थियो ।

 

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात
रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता
वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
सिद्धिचरण लोकमार्ग अवरुद्ध
भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

भर्खरै

  • १.
    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • २.
    कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

  • ३.
    रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४.
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

  • ५.
    सिद्धिचरण लोकमार्ग अवरुद्ध

  • ६.
    भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

  • ७.
    सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

  • ८.
    चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.