काठमाडौँ महानगरका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ । अब पाँच वडामा मत गणना गर्न बाँकी रहेको छ ।
Advertisement
यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १ देखि १२ वडा सम्म रहेको छ । यस्तै, १८ देखि ३२ सम्मको मत परिणाम सार्वजनिक भइसकेको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मत गणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को गणना जारी छ ।
पछिल्लो मत परिणामअनुसार काठमडौँको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार ६२८ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ४९२ मत पाएकी छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९८१ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।