– सन् १९५६- आईबीएम ३०५ रामाक बजारमा
आईबीएमको ३५० रामाक मोडल डिस्क ड्राइभसहितको पहिलो कम्प्युटर थियो। यो व्यवसायका लागि तयार पारिएको मोडल थियो। रामाकको अर्थ लेखांकन र नियन्त्रणको र्यान्डम एक्सेस विधि हो। यो मोडल आईबीएमले निर्माण गरेको अन्तिम भ्याकुम ट्युब कम्प्युटर थियो। यसलाई सन् १९६० मा आईबीएमकै १४०१ मोडलले विस्थापित गर्यो।
– सन् १९५९- पहिलो मानव निर्मित वस्तु चन्द्रमामा
तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियान लुना-२ चन्द्रमामा अवतरण हुने पहिलो मानव निर्मित वस्तु थियो।
– सन् १९७९- अफगानी राष्ट्रपतिको हत्या
अफगानिस्तानका राष्ट्रपति नुर मुहम्मद तारकीको आजकै दिन गोली हानी हत्या गरिएको थियो। राष्ट्रपतिको पदभार सम्हालेको वर्षदिन नपुग्दै उनको हत्या भएको थियो। हाफिजुल्लाह अमिनको आदेशमा उनको हत्या भएको थियो। उनको हत्यापछि अमिन नै राष्ट्रपति बनेका थिए। र, तत्कालीन सोभियत संघले चलाएको ‘अपरेसन स्टर्म-३३३’को दौरान उनी पनि मारिए। मात्र तीन महिना उनले शासन गरे।
– सन् २०००- माइक्रोसफ्टको मिलेनियम एडिसन
सन् २००० मा माइक्रोसफ्टले आफ्नो मिलेनियम एडिसन कार्यान्वयनमा ल्याएको थियो। यो संस्करण नाइन-एक्स शृंखलाको अन्तिम अपरेटिङ सिस्टम थियो।
– सन् २०२३- नासाले पत्ता लगाउन सकेन उडन तस्तरीको वास्तविकता
सन् २०२३ मा आजकै दिन अमेरिकी अन्तरिक्ष अभियान नासाले उडन तस्तरीको वास्तविकता फेला पर्न नसकेको बताएको थियो। तथापि, उडन तस्तरी धर्तिमा आएको हुन सक्ने सम्भावना अस्वीकार गरेन।
– सन् २०२३- लिबियाको बाढीमा मारिए २० हजार
सन् २०२३ मा अफ्रिकी मुलुक लिबियामा आएको बाढीमा परी २० हजार जनाको मृत्यु भएको थियो। विश्व मौसम विज्ञान संगठनका अनुसार उक्त मानवीय क्षति कम गराउन सकिन्थ्यो। तर, पर्याप्त सावधानीको अभावमा बचाउन नसकिएको संगठनले बताएको थियो।