• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव


    Avatar photo
बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

चितवन- चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन् ।

Advertisement

कृषि विकास कार्यालय चितवनले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यालयले बजेटमा आएको तीव्र कटौतीका कारण जिल्लाका प्रमुख कृषि उपक्षेत्रहरू सम्बोधन गर्न नसकिएको जनाएको हो ।

कार्यालयका अनुसार आव २०७६÷७७ मा रु २४ करोड १३ लाखभन्दा बढी रहेको प्रादेशिक बजेट चालु आवमा घटेर रु चार करोड १५ लाख ७२ हजारमा सीमित भएको छ । विनियोजित बजेटमध्ये रु एक करोड ७९ लाख सात हजार प्रशासनिक तथा उपभोगतर्फ खर्च हुने भएकाले प्रत्यक्ष कृषि विकासका लागि रु दुई करोड ३६ लाख ६५ हजार मात्र उपलब्ध छ ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बजेट निरन्तर घट्दै जाँदा किसानका आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा प्राप्त बजेट न्यून भएकाले कृषकका आधारभूत माग र महत्वपूर्ण क्षेत्रलाई सम्बोधन गर्न कठिन भएको छ । बजेट सीमित हुँदा जिल्लाका धेरैजसो बाली प्रवर्द्धनका कार्यक्रम यसपटक समेट्न सकिएको छैन ।”

उहाँका अनुसार बजेट अभावका कारण व्यावसायिक तरकारीखेती, फलफूल, आलु, मकै, गहुँ तथा पुष्प व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । त्यस्तै माटो सुधार कार्यक्रम, प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धन, बाली संरक्षण, माटो परीक्षणसम्बन्धी प्रयोगशाला सेवा, कृषि उपजको बजारीकरण, मूल्य शृङ्खला विकास तथा कृषि तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम पनि छुटेका छन् ।

पर्याप्त बजेट नहुँदा कार्यालयले चालु आवमा सीमित प्राथमिकताका कार्यक्रम मात्र सञ्चालन गर्ने भएको छ । प्रादेशिक र सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाबाट स्वीकृत बजेटमध्ये कृषि विकास तथा व्यवसाय प्रवर्द्धन कार्यक्रमतर्फ सबैभन्दा बढी रु एक करोड ९७ लाख छुट्याइएको छ भने सिँचाइ आधुनिकीकरणतर्फ रु ५८ लाख ३३ हजार, कृषि प्रसार तथा प्रविधि विस्तारमा रु १७ लाख, बाली विकास तथा बीउबिजनमा रु १२ लाख ५० हजार, बाली संरक्षणमा रु छ लाख ४० हजार र अन्तरनिकाय समन्वयात्मक कार्यक्रमका लागि रु तीन लाख ७५ हजार विनियोजन गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठले सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा चितवन कृषि बजेटको प्राथमिकतामा परेको जिल्ला भए पनि पछिल्ला वर्षमा बजेट उल्लेख्य रूपमा घट्दै गएको बताउनुभयो ।

उहाँले आफू सङ्घीयता कार्यान्वयनअघि कार्यालय प्रमुख र सङ्घीयता लागू भएपछि पहिलो कार्यालय प्रमुखका रूपमा चितवनमा कार्यरत रहेको स्मरण गर्दै सुरुआती वर्षमा कार्यालयको बजेट करिब रु ४० करोड पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीयता लागू भएका सुरुका वर्षमा चितवनले कृषि बजेटमा विशेष प्राथमिकता पाएको थियो । अहिले तुलनात्मक रूपमा कृषिको बजेट घट्दै गएको अवस्था छ ।” उहाँका अनुसार प्रदेश सरकारको कृषि क्षेत्रको समग्र बजेट पनि सुरुआती वर्षको करिब रु पाँच अर्बबाट चालु आवमा करिब रु दुई अर्ब ५० करोडमा झरेको छ । त्यसको प्रत्यक्ष प्रभाव जिल्लास्तरसम्म परेको उहाँको भनाइ थियो ।

सचिव श्रेष्ठले बजेट घटे पनि उपलब्ध स्रोतसाधनका आधारमा चितवनले प्रदेशभित्र अझै पनि तुलनात्मक रूपमा प्राथमिकता पाइरहेको बताउनुभयो ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.