• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार


    Avatar photo
बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवद्र्धन कार्यक्रम अगाडि बढाइएको छ ।

Advertisement

गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश ससर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो । हतुवागढी वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खैराङ क्षेत्रमा उत्पादन हुने अदुवा उच्च गुणस्तरको मानिने भएकाले यसलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गरिएको हो । “स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अत्यन्त अनुकूल छ । गुणस्तरीय उत्पादन हुने भएकाले किसानको जीवनस्तर सुधार्न अदुवा प्रवद्र्धन कार्यक्रम अघि बढाएका हौँ,” वडाध्यक्ष विष्टले भन्नुभयो ।

गाउँपालिकाको पहलपछि स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाको सहयोगमा दुई वटा समूहमा आबद्ध ४४ किसानले हाल व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन् । खेतीका लागि आवश्यक हाते ट्याक्टरलगायत औजार वितरण गरिएको छ । स्थानीय किसान राजकुमार राईले अदुवा खेती विस्तार कार्यक्रमले आफूहरूलाई ठूलो प्रोत्साहन मिलेको बताउनुभयो । “मैले अहिले एक हजार केजी अदुवा रोपेर खेती गरेको छु,” उहाँले भन्नुभयो, “अदुवा खेतीबाट वार्षिक रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ । खेती विस्तारले आगामी दिनमा अझै आम्दानी बृद्धि हुने अपेक्षा छ ।”

उहाँका अनुसार हाल स्थानीय बजारमा अदुवा प्रतिकेजी रु १२० मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको अदुवा स्थानीय बजारका साथै धरान, विराटनगर र इटहरीलगायतका ठूला सहरहरूसम्म पुग्ने गरेको छ । गाउँपालिकाले उत्पादन भएको अदुवाको बजारीकरण र भण्डारणका लागि आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ । अदुवाको बजारीकरणलाई अझ सहज बनाउन चालु आर्थिक वर्षमा हतुवागढी–३ मा अदुवा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ ।

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार कोशी प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय किसानको लागत साझेदारीमा रु १५ लाखको लागतमा सोलार प्रविधिबाट अदुवा सुकाउन सकिने आधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय तहबाटै उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्ता कृषि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले कृषिमा आधारित स्वरोजगार सिर्जना गर्ने नीतिअनुरूप लगानी बढाउँदै लगेको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले अदुवा खेतीको माध्यमबाट किसानलाई प्रत्यक्ष आयआर्जनमा जोड्ने लक्ष्यका साथ खैराङको ठूलो क्षेत्रमा खेती विस्तार गरिएको जानकारी दिनुभयो ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.