• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

विश्‍व घटना : नेपालमा जेन-जी विद्रोह र विध्वंश


    Avatar photo
मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित

काठमाडौं- आज ८ सेप्‍टेम्बर। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९७४- रिचार्ड निक्सनलाई आममाफी

सन् १९७४ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति गेरोर्ड फोर्डले पूर्व राष्‍ट्रपति रिचार्ड निक्सनलाई आममाफी दिएका थिए। वाटरगेट भ्रष्‍टाचारमा मुछिएका निक्सनले संसदले महाभियोग लगाउने भएपछि पदबाट राजीनामा दिएका थिए। तथापि, निक्सनलाई आममाफी दिने राष्‍ट्रपति फोर्डको निर्णय विवादास्पद रह्यो। र, दुई वर्षपछि भएको निर्वाचनमा उनी पराजित भए।

– सन् १९९१- युगोस्लाभियाबाट मेसेडोनिया अलग

सन् १९९१ मा आजकै दिन रिपब्लिक अफ मेसेडोनिया तत्कालीन युगोस्लाभियाबाट स्वतन्त्र भएको थियो। बाल्कन क्षेत्रको भूपरिवेष्‍ठित मुलुक मेसेडोनिया युगोस्लाभियाबाट अलग हुने जनमत संग्रहमार्फत स्वतन्त्र भएको थियो। ९६ प्रतिशत मतदाताले स्वतन्त्रताका पक्षमा मतदान गरेका थिए।

– सन् २०२०- म्यानमारको सेनाविरुद्ध रोहिंग्यामाथि यौन अत्याचार गरेको अभियोग

सन् २०२० मा म्यानमारका दुई सैनिकविरुद्ध रोहिंग्या मुसलमान समुदायमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको थियो। त्यो रोहिंग्यामाथि सेनाले गरेको अत्याचारविरुद्ध शुरु गरिएको पहिलो अनुसन्धान थियो। ती सैनिकले रोहिंग्या समुदायका महिलालाई बलात्कारपछि हत्या गरेका थिए।

– सन् २०२२- महारानी एलिजाबेथको निधन

सन् २०२२ मा आजकै दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको थियो। ७० वर्षभन्दा बढी शासन गरेकी उनी ९६ वर्षकी थिइन्। उनको निधनपछि उनका छोरा चार्ल्स तृतीयले राजगद्दी सम्हाल्दै आएका छन्।

– सन् २०२३- मोरक्को भूकम्पमा गयो ३ हजारको ज्यान

सन् २०२३ मा आजकै दिन मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ३ हजारको ज्यान गएको थियो। ६.८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु एटलस पहाडी इलाकामा रेकर्ड भएको थियो। भूकम्पमा परी ६० लाख मानिस घरबारविहीन भएका थिए।

– सन् २०२४- नाइजेरिया दुर्घटनामा ५९ मारिए

सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा ५९ जना मारिएका थिए। नाइजर राज्यमा यात्री बोकेको लरी र तेल ट्यांकर ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

– सन् २०२५- नेपालमा जेन-जी विद्रोह र विध्वंश

सन् २०२५ मा आजकै दिन नेपालमा जेन-जी पुस्ताले तत्कालीन सरकारको भ्रष्‍ट र बहुलठ्ठीपूर्ण शासनविरुद्ध विद्रोह गरेको थियो। शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको नवयुवा पुस्तामाथि सरकारले अन्धाधुन्द गोली प्रहार गर्दा १९ जना नवयुवाको हत्या भएको थियो। बर्बरतापूर्ण त्यस हत्याकाण्डविरुद्ध संघीय राजधानी काठमाडौंसहित देशभर आन्दोलनमा उत्रिएका नेपाली नागरिकहरूले संघीय संसद, केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार, राष्‍ट्रपति भवनलगायत अधिकांश सरकारी कार्यालयहरू, प्रहरी र अन्य सुरक्षा निकायका भवनहरू जलाएर ध्वस्त बनाएका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारबाट हेलिकोप्‍टर चढेर भाग्‍नुपरेको थियो। खासगरी, सामाजिक सञ्‍जालहरू बन्द गर्ने प्रधानमन्त्री ओलीको बहुलठ्ठीपूर्ण निर्णयले यो विद्रोहलाई जन्म दिएको थियो।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.