• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

नुवाकोट- भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।

Advertisement

शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो । सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सुक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिनुभएको थियो ।

बाढी आएको ११ दिनपछि बेत्रावतीबाट गरिएको उद्धार उदाहरणीय बनेको थियो । अझै थप सफलता प्राप्त गर्न सकिने आशासहित केही दिन खोज तथा उद्धारलाई तीव्र बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भई बाढीमा परेर हराइरहेकाको खोजतलास गरिएको छ । सो क्रममा आइतबार विदुर–१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा थप एक गरेर तीनवटा शव फेलापरेको छ ।

“आवश्यक परेमा नेपाली सेनाको सहयोग रहनेगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरेर बाढीबाट क्षतिग्रस्त भएकादेखि पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोज उद्धारलाई तीव्र बनाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई अनुरोध गर्दछौँ ।”

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या नुवाकोटमा मात्रै दुई हजार ६७३ जना छन् । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको हुँदा हराउनेको सङ्ख्या थप बढ्न सक्छ ।

बाढीले जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको मुख्य बस्ती रहेका क्षेत्र वेत्रावती, भैसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत बगरमा परिणत भएको छ । ठूलो जनधनको क्षति भएको छ ।

बाढीले धेरैको घर पुरिएको तथा बगाएर अर्को स्थानमा पुर्याएकाले हराइरहेका व्यक्तिको जीवन बचाउन सकिने आशाका साथ संयुक्त सुरक्षा फौजले खोज, उद्धारलाई तीव्र पारेको हो ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.