• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ३. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ४. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ५. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ९. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • १०. हे प्रकृति तिम्रो न्याय यही हो ?

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै


    Avatar photo
आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

सुनसरी- धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

Advertisement

धरान–५ का दीपक मगर भन्नुहुन्छ, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका बिद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ ।”

पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार निर्माणका क्रममा पुलको दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन । करिब ३० प्रतिशत काम भएको र अहिले निर्माण गरिएका पिलरसमेत झाडीले ढाकिएको उहाँले बताउनुभयो । “दुवैतर्फ पिलर उठाइएको थियो, त्यसपछि काम अघि बढेन । अहिले पिलरसमेत झाडीले ढाकिसकेको छ”, उहाँले भन्नुभयो ।

पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । विशेषगरी बर्खामा खोलामा बाढी आउँदा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने र बिरामीलाई अस्पताल लैजानसमेत कठिन हुने गरेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । अस्थायी रूपमा बाँसको पुल बनाए पनि बर्खाको बाढीले बगाउने भएकाले स्थायी पुल आवश्यक रहेको उहाँको भनाइ छ ।

पुल नहुँदा स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, दूधलगायत कृषि उपज धरान बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको छ । धरान–४ र ५ का किसानले उत्पादन गरेका कृषि उपज धरान बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । पुलको अभावमा विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ ।

धरान–५ मा कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थी धरान बजारतर्फ जानुपर्ने हुन्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी यही मार्ग हुँदै विद्यालय जाने गरेका छन् । बर्खाको समयमा परीक्षा परेका बेला खोलामा बाढी आएर तर्न नसक्दा विद्यार्थी परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन् ।

पुल निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो । पछि पुनः सम्पर्क गर्दा २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन ।

पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्नुभएको थियो । सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो । तर, ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

पुल निर्माण सम्पन्न भए धरान–४ र ५ का बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने स्थानीयको अपेक्षा छ । साथै, यस मार्गबाट धनकुटाको राजारानी तथा मोरङको याङ्शीला र केराबारी हुँदै धनकुटा र मोरङसम्म आवतजावत गर्नसमेत सहज हुने वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ
भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

भर्खरै

  • १.
    अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २.
    युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

  • ३.
    इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

  • ४.
    क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

  • ६.
    नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

  • ७.
    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

  • ८.
    पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.