• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हे प्रकृति तिम्रो न्याय यही हो ?

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

यमन झडपमा ६० भन्दा बढीको मृत्यु

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ३. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ४. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ५. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ९. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • १०. हे प्रकृति तिम्रो न्याय यही हो ?

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत


    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

बाजुरा- यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।

Advertisement

अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उहाँले भन्नुभयो ।

बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताउनुभयो ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ । धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम

अहिले मात्रै होइन, वीरेखोलाका बासिन्दा पाँच वर्षदेखि नै बाढीपहिरोको त्रासमा छन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा गएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो । किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुङ्गाले पुरिएको थियो । कसैका लागि त्यो खेत थियो, कसैका लागि परिवार पाल्ने आधार । त्यही जमिन बाढीपछि बगर बन्यो ।

बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले भने त्यही पुरानो डरलाई फेरि वास्तविकतामा बदलिदिएको छ । विस्थापित भएपछि वीरेखोलामा बाढीको जोखिम कति गम्भीर छ भन्ने फेरि देखिएको छ । यहाँका स्थानीयका लागि यो केवल एउटा विपति मात्रै होइन, बारम्बार दोहोरिइरहेको सङ्कट हो ।

“एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ”, स्थानीय कली साउदले भन्नुभयो, “नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो सङ्कट भएको छ ।”

सुन्दरताभित्र लुकेको त्रास

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । यसको आँगनमै बुढीगंगा नदी बगिरहेको छ । सामान्य अवस्थामा नदीको बहाव हेर्दा यहाँका बासिन्दाका लागि यो प्रकृतिको सुन्दर दृश्यजस्तो लाग्छ ।

वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ ।

पानी बढ्दै जाँदा नदीको गर्जनसँगै यहाँका बस्तीमा डर पस्छ–कतिबेला घरखेत बगाउने हो भन्ने चिन्ताले । “घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ”, स्थानीय मतिकला खड्काले भन्नुभयो, “आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।”

जमिन बगर बन्यो, अब घर बग्ने चिन्ता

कृषिमा निर्भर परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, जीविकोपार्जन गर्ने मुख्य आधार हो । २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताउनुभयो । “खेत रहेन, अब घर पनि सुरक्षित छैन,” उहाँले भन्नुभयो, “कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।”

वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका स्थानीयका लागि अहिलेको बाढीले फेरि एउटै प्रश्न खडा गरेको छ । पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि ? तत्कालका लागि २३ परिवार सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल बताउनुहुन्छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा यकीन विवरण सङ्कलन र घटनाबारे बझ्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर
यमन झडपमा ६० भन्दा बढीको मृत्यु
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

भर्खरै

  • १.
    हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २.
    नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • ३.
    भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर

  • ४.
    वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

  • ५.
    यमन झडपमा ६० भन्दा बढीको मृत्यु

  • ६.
    लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

  • ७.
    निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

  • ८.
    उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.