• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ३. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ४. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ५. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ९. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • १०. हे प्रकृति तिम्रो न्याय यही हो ?

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी


    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

काठमाडौँ-  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् ।

Advertisement

प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ४४८, महिला ४८२, फोनमा टिपाइएका एक हजार ३५० तथा विदेशी नागरिकतर्फ पुरुष २७४ र महिला ३४४ जना रहेका हरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि हालसम्म आठ हजार ६३१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६५५ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको हरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो । यसैगरी मृतक एक हजार २६० जना तथा मृतकका आफन्त ९७२ जना गरी दुई हजार २३२ जनाको डिएनए नमुना सङकलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डिएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ
भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

भर्खरै

  • १.
    अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २.
    युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

  • ३.
    इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

  • ४.
    क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

  • ६.
    नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

  • ७.
    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

  • ८.
    पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.