• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

इजिप्टमा बस दुर्घटना, १६ जनाको मृत्यु: स्वास्थ्य मन्त्रालय

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ४. बड्का भलमन्साको विलाप !

  • ५. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह


    Avatar photo
बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गर्नुभएको छ ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले त्यसपछि सँगसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता आङ्देम्बेले भन्नुभयो, “यो प्रचार गर्ने समय होइन । प्राण बचाउने समय हो । यो दोषारोपण गर्ने समय होइन । जिम्मेवारी पूरा गर्ने समय हो । यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन । राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो ।”

नेता आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको प्रभाकारी खोज तथा उद्धार गर्न, हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभावबाट सिक्न, उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुन्न, सबै तहका सरकार, निजी क्षेत्र, समुदायसँग समन्वय गरेर सङ्घीय सरकारको नेतृत्वमा यो विपद्को सामना गर्न, शव खोजी, पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साथै उहाँले राहत वितरणमा पारदर्शिता र सहजीकरण गर्न, पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो प्रकृतिको विपद्को तत्कालीन व्यवस्थापनदेखि दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, सरकारका कामको अनुगमन तथा आवश्यक मार्गनिर्देशनका लागि संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न आग्रह गर्नुभयो ।

नेता आङ्देम्बेले भन्नुभयो, “विपदमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै खत माफ भन्ने होइन । राम्रो काम गर्छ–साथ समर्थन छ, बाटो बिराउँछ खबरदारी र प्रश्न छ । खास सहयोग यही होइन र ।”

उहाँले रसुवाको भोटेकोशी हँुदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो । यो बाढीका रुपमा प्रकट भएको एक किसिमको प्रलयकारी सुनामी भएको उल्लेख गर्दै नेता आङ्देम्बेले भन्नुभयो, “सम्भवतः क्षणभरमै यति धेरै क्षति एकैपटक नेपालले व्यहोर्नुपरेको थिएन !”

उहाँले यस कठिन अवस्थामा सीमित स्रोतसाधनबीच पनि अग्रपङ्क्तिमा रहेर खोज, उद्धार, राहत र सुरक्षामा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, प्राविधिक विज्ञ, स्वास्थ्यकर्मीलगायत सम्पूर्णप्रति धन्यवाद र सम्मान व्यक्त गर्नुभयो ।

यो राष्ट्रिय विपद्मा देशभित्र र बाहिर रहनुभएका सबै नेपालीको तत्परता र अन्तरराष्ट्रिय समुदायको ऐक्यबद्धता र साथका लागि नेता आङ्देम्बेले धन्यवाद दिनुभयो । “विपद् कुनबेला कसरी आउँछ थाहा हुँदैन रहेछ । कांग्रेस पार्टीले यही सदनमा पनि पटकपटक ‘विपद् कुनै पनि बेला आउनसक्छ पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहान्छु”, उहाँले भन्नुभयो ।

कांग्रेसले सुरुआतदेखि नै विपद्मा सत्तापक्ष र प्रतिपक्ष नभनीकन ‘हामी’ भनेर सामना गर्नुपर्छ भनेको र आफूहरु सरकारको साथमा रहेको उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्री शाहलाई भेटेर तत्काल गर्नुपर्ने कामका सम्बन्धमा ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

कांग्रेसले तत्काल बैठक बसेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने र सरकारको सत्प्रयासमा साथ सहयोग गर्ने निर्णय गरेको बताउँदै उहाँले सर्वदलीय बैठकमा कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।

आफ्नो पार्टी कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “म स्वयं बाढी प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्था देखेँ, पीडा, आक्रोश र गुनासा सुनेँ । त्यहाँबाट फर्किएपछि सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर नौ बुँदे ध्यानाकर्षण गराइसकेको छु । सभामुखलाई पनि भेटेर संसद् तत्काल आह्वान गर्न र विपद्का विषयमा संसद्मा छलफल गर्न आग्रह गरेको थिएँ ।”

कांग्रेसका सभापति गगनकुमार थापा स्वयं बाढी प्रभावित क्षेत्र मा पुगेर फर्किनुभएको छ । अहिले पनि कांग्रेस आफ्नो पार्टी पङ्क्तिलाई सम्पूर्ण ढङ्गले परिचालन गरेको र फिल्डमा रहेको नेता आङ्देम्बेले बताउनुभयो । उहाँले विपद्को यो क्षणमा सबैको साझा कर्तव्य भएको र सबैलाई उद्धार, राहत, पुनःस्थापनामा जुट्न आग्रह गर्नुभयो ।

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन
प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही
कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

  • २.
    बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

  • ३.
    विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

  • ४.
    प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

  • ५.
    नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

  • ६.
    सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

  • ७.
    कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • ८.
    भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.