कायरो- इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा बुधबार भएको बस दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजिप्टको दक्षिण सिनाईको पूर्वी तटमा रहेको पर्यटकीय सहर दहाब र नुवेइबाको बीचको सडकमा भएको दुर्घटना स्थलमा उद्धारका लागि २० वटा एम्बुलेन्स पुगिसेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनाको कारण नखुलाई अधिकारीहरूले घाइतेहरूलाई चिकित्सा उपचार भइरहेको बताएका छन् ।
यो क्षेत्र एक लोकप्रिय पर्यटन गन्तव्य हो, जुन समुद्री जैविक विविधता, प्राकृतिक सौन्दर्य र पाहाडी पैदल यात्राका लागि परिचित छ ।
लापरवाही पूर्ण ड्राइभिङ, खराब मर्मतसम्भार र असमान कानून प्रवर्तन लागाएतका कारण इजिप्टमा बारम्बार सवारी दर्घटना हुने गरेको जनाइएको छ ।
इजिप्टको तथ्याङ्क एजेन्सीका अनुसार गत वर्ष देशभर सडक दुर्घटनामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।