काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार उनले नेकपा एमाले प्रवेश गरेका निर्वतमान मेयर विजय सरावगीलाई पराजित गरेका हुन् ।
Advertisement
राजेशमाले एमाले र लोसपा गठबन्धनका उम्मेदवार सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन् । राजेशमानले ४६ हजार दुई सय १५ मत ल्याउँदा सरावगीले जम्मा २३ हजार ६७१ मत पाए ।
यसैगरी, उपप्रमुख पदमा गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । उनी २५ हजार १५८ मतसहित विजयी भए ।
उनका निकटतम् प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे ।