• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

इजिप्टमा बस दुर्घटना, १६ जनाको मृत्यु: स्वास्थ्य मन्त्रालय

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ४. बड्का भलमन्साको विलाप !

  • ५. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

    Avatar photo
मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

रसुवा- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरुको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले राससलाई जानकारी दिनुभयो ।

Advertisement

त्यसमध्ये छ वटा शव पहिचान भएको छ । फेला परेको शवलाई सङ्कलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ । बाढीमा परी बेपत्ता भइरहेका अन्य व्यक्तिको खोजी भइरहेको उहाँको भनाइ छ ।

बाढीबाट प्रभावित ६०० भन्दा बढीको उद्धार गरिएको छ । बेत्रावती कैँदलटारबाट विस्थापित परिवारलाई काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ ।

टिमुरे र स्याफ्रुबेँसीका विस्थापितलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ । केही प्रभावितलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र अन्यलाई दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन र शिवालय प्राविमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कैँदलटार क्षेत्रबाट विस्थापित भएका नागरिकको बालबालिकालाई पोषणयुक्त खाना र दूध एक गैरसरकारी संस्थाले प्रदान गरेको सहजकर्ता पाशु लामिछानेले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीले पुल र सडक बगाउँदा रसुवाको पश्चिम क्षेत्र थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पा गाउँ, खाम्जिङ, स्याफ्रुसमेतका क्षेत्रमा पनि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ ।

बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न गाडीमा जेनेरेटर राखी घुम्ती सेवाको माध्यमबाट रसुवा–नुवाकोट पर्यटन समाजले त्यसको व्यवस्था मिलाइएकामा हालसम्म ५०० भन्दा बढी स्थानीयले सेवा लिएको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनः सुरु भएको छ । विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको लाइन विस्तारको काम अघि बढाइएको छ ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन
प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

भर्खरै

  • १.
    तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

  • २.
    बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

  • ३.
    विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

  • ४.
    प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

  • ५.
    नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

  • ६.
    सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

  • ७.
    कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • ८.
    भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.