काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले मधेस प्रदेशमा आफ्नो पार्टी पराजित हुनुमा गिरिराजमणि पोखरेल र मातृका यादव प्रमुख कारण भएको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत यस्तो बताएका हुन् ।
शर्माले मधेशमा माओवादी केन्द्र पराजय हुनुको ७ वटा कारणसमेत पेश गरेका छन् । उनले पेश गरेका कारणहरू यस प्रकारका छन् :
१, क. गिरिराजमणि पोखरेल र क. मातृका प्रसाद यादवबीच आआफ्ना व्यक्तिगत स्वार्थपूर्तिका लागि चरम गुटबन्दी गर्नू र पार्टीलाई फसाउनु,
२, माओवादी केन्द्रबाट सधै सत्तामा रहने गरेका गिरिराजमणि पोखरेल र मातृका यादवमार्फत मधेस स्तरमा विकासको वैज्ञानिक मोडल प्रस्तुत गर्न नसक्नु, सत्ताको चरम दुरूपयोग आआफ्नो निर्वाचन क्षेत्रमा गर्नु,
३, सत्तामा बसेर भ्रष्टाचार गर्नु र आफ्नो गुटका मान्छेलाई भ्रष्टाचार गर्न प्रेरित गर्नु,
४, प्रदेश नेतृत्व वृद्ध, योजनाविहीन, असक्षम एंव टुरिष्ट प्रवृत्तिको हुनु,
५, लामो समयदेखि प्रदेश अध्यक्षविहीन हुनु, प्रदेश कमिटी गठन नहुनु,
६, मधेस प्रदेश सरकारबाट भएको भ्रष्टाचार, अनियमितता एंव कुशासनबारे भूमिकाविहीन हुनु, उल्टै एक मन्त्री पदको लोभमा बदनाम सरकारमा सहभागी भएर भ्रष्टाचारीको मतियार बन्नु,
७, आदरणीय अध्यक्ष क. प्रचण्डलाई जनता एंव पार्टीविरुद्धमा भइरहेको अपराधबारे बारम्बार जानकारी गराउँदा पनि बोल्ड निर्णय गर्न नसक्नु, अनिर्णयको बन्दी बन्नु,