Advertisement
चितवन । भरतपुर महानगरमा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार २५७ मतले अगाडि रहेकी छन् ।
उनले ४४ हजार ४५५ मत पाउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार २९८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत पाएका छन् ।
उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत पाएका छन् । यस्तै, राप्रपाकी हिमला गुरुङ २७ हजार ११६ मतसहित दोस्रो स्थानमा रहेकी छन् ।
महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मत गणना सकिएको छ ।