चितवन । जिल्लाको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १० हजार मतान्तरले अगाडि रहेकी छन् ।
Advertisement
जारी मत गणनामा रेनुले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाउँदै दोस्रो स्थानमा रहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाए ।
रेनु विजयभन्दा १० हजार १२६ मतान्तरले अगाडि रहेकी छन् । यस्तै, रेनु जगन्नाथको मतभन्दा ३० हजार ७९० मतको अगाडि रहेकी छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि रहेका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत बढी ल्याएका छन् ।
चित्रसेनको मत ४५ हजार ४६८ मत पाउँदा हिमलाले २७ हजार ४६ मत पाएकी छन् ।