काठमाडौँ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ । मौसम खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको हो ।
Advertisement
मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।
मौसम खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्ने छ । मौसम सुधार नभए हेलिकप्टर पोखरा फर्कने छ ।