• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

काठमाडौं- आज ७ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९८- २ अफ्रिकी मुलुकका अमेरिकी दूतावासमा आतंकवादी आक्रमण, २०० को मृत्यु

सन् १९९८ मा आजकै दिन अफ्रिकी मुलुक तान्जानियाको दारेसलाम र केन्याको नैरोबीमा आतंकवादी आक्रमण भएको थियो। त्यसमा परी २०० भन्दा बढीको ज्यान गएको थियो। दुवै राजधानी शहरमा भएको उक्त आक्रमणको जिम्मेवारी अन्तर्राष्‍ट्रीय आतंकवादी संगठन अल कायदासँग जोडिएको इजिप्सियन इस्लामिक जिहादले लिएको थियो।

– सन् २००८- रुस र जर्जियाबीच छेडियो युद्ध

सन् २००८ मा आजकै दिन रुस र जर्जियाबीच युद्ध शुरु भएको थियो। जर्जियाबाट अलग भएका ओसेसिया र अब्खाजिया क्षेत्रको मामिलालाई लिएर युद्ध भड्किएको थियो। सन् १९९० को दशकको शुरुमा जर्जियाका ती प्रान्त अलग भएका थिए। अन्तर्राष्‍ट्रीय समुदायले त्यसलाई मान्यता दिएका थिएनन्। रुसले दुवै प्रान्तको स्वतन्त्रतालाई मान्यता दिँदै कथित शान्ति सेना तैनाथ गरेको थियो। सन् २००८ मा रुसले सैन्य तैनाथी अझ बढाएपछि दुई मुलुकबीच तनाव शुरु भएको थियो। रुसको जितका साथ युद्ध अन्त्य भयो। र, जर्जियाले दुवै प्रान्तका केही इलाका रुसका लागि छाड्नुपर्‍यो।

– सन् २०१३- कराँची विष्‍फोटमा गयो ११ को ज्यान

सन् २०१३ मा आजकै दिन पाकिस्तानको कराँचीमा भएको बम विष्‍फोटमा परी ११ जनाको ज्यान गएको थियो। कराँचीको फुटबल मैदान नजिक मोटरसाइकलमा राखिएको बम विष्‍फोट भएको थियो। मारिने र घाइते हुने अधिकांश किशोर-किशोरी थिए। त्यसको जिम्मेवारी कुनै समूहले लिएनन्।

– सन् २०१९- एकै दिन ७०० आप्रवासी समातिए

सन् २०१९ मा आजकै दिन अमेरिकाको मिसिसिपीमा एक साथ ७०० अवैध आप्रवासी समातिएका थिए। त्यो त्यतिबेलाको सबैभन्दा ठूलो गिरफ्तारी थियो।

– सन् २०२२- गाजामा युद्ध विराम

सन् २०२२ मा आज गाजा क्षेत्रमा युद्धविराम कार्यान्वयनमा आएको थियो। गाजामा भएको त्यसअघिको तीनदिने हिंसामा ४३ जनाले ज्यान गुमाएका थिए। इजरायली सेना र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहबीच हिंसा भड्किएको थियो।

– सन् २०२४- ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

सन् २०२४ मा ५ वटा अफ्रिकी मुलुकहरूमा मंकिपक्स भाइरसको प्रकोप फैलिएको थियो। डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, रुवान्डा, बुरुन्डी र केन्यामा महामारीकै रूपमा भाइरस सल्किएको थियो।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

भर्खरै

  • १.
    मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

  • ४.
    राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५.
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ६.
    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.