• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा


    Avatar photo
बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
काठमाडौं- आज ६ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४०- इस्टोनिया सोभियत संघको कब्जामा

सन् १९४० मा आजकै दिन तत्कालीन सोभियत संघले इस्टोनियालाई आफूमा गाभेको थियो। त्यतिबेलासम्म उक्त मुलुक स्वतन्त्र थियो। र, सोभियत संघको पतनपछि पुनः स्वतन्त्र भएको हो।

– सन् १९४५- हिरोसिमामा अमेरिकाले खसाल्यो परमाणु बम

दोस्रो विश्‍वयुद्धका क्रममा आजकै दिन अमेरिकाले जापानको हिरोसिमामा ‘लिटिल ब्वाई’ नाम दिइएको परमाणु बम खसालेको थियो। औद्योगिक शहर हिरोसिमामा खसालिएको बम विष्‍फोटबाट १ लाख ५० हजारभन्दा बढीको ज्यान गएको थियो। हिरोसिमापछि नागासाकीमा पनि अमेरिकाले परमाणु बम खसालेको थियो। र, जापानले आत्मसमर्पण गरेको थियो। त्यससँगै प्यासिफिक क्षेत्रको युद्ध अन्त्य भएको थियो।

– सन् १९६२- जमैका ब्रिटेनको पञ्‍जाबाट मुक्त

सन् १९६२ मा आजकै दिन क्यारेबियन मुलुक जमैका ब्रिटिस पञ्‍जाबाट स्वतन्त्र भएको थियो। १६औं शताब्दीको शुरुमा उक्त मुलुक स्पेनको कब्जामा परेको थियो। सन् १९५५ मा त्यसलाई तत्कालीन ब्रिटेनले कब्जामा लिएको थियो। ब्रिटिसहरूले त्यहाँ उखु खेती भित्र्याए। र, अत्यधिक नाफा कमाउने उपनिवेश बनाए। र, आजकै दिन ब्रिटिस पञ्‍जाबाट मुक्त भएर स्वतन्त्र मुलुक बन्यो।

– सन् १९६५- अमेरिकामा मताधिकार कानून कार्यान्वयनमा

सन् १९६५ मा आजकै दिन अमेरिकामा मताधिकार कानून कार्यान्वयनमा आएको थियो। तत्कालीन राष्‍ट्रपति लिन्डन बी. जोन्सनले मताधिकारका लागि कुनै पनि विभेदविरुद्धको कानून प्रमाणीकरण गरेका थिए। अमेरिकी संविधानको १४औं र १५औं संशोधनमार्फत उक्त कानून निर्माण भएको थियो।

– सन् १९९६- कोरियन एयर दुर्घटनामा मारिए २२८

सन् १९९६ मा आजकै दिन कोरियन एयरको विमान दुर्घटनामा २२८ जनाले ज्यान गुमाएका थिए। अमेरिकाको नियन्त्रणमा रहेको प्रशान्त महासागरीय टापु गुआमको असन-मैनास्थित बिना पिकमा बोइङ ७४७-३०० विमान दुर्घटनामा परेको थियो। उक्त विमान दक्षिण कोरियाको सोलबाट गुआमस्थित अन्तर्राष्‍ट्रीय विमानस्थलतर्फ जाँदै थियो।

– सन् २०१२- क्युरियोसिटी भेहिकल मंगल ग्रहमा अवतरण

अमेरिकी अन्तरिक्ष अभियान नासाले पठाएको रोबोटिक भेहिकल क्युरियोसिटी आजकै दिन मंगल ग्रहमा अवतरण भएको थियो। त्यसलाई नासाले ‘मंगल विज्ञान प्रयोगशाला’ नाम दिएको थियो। अवतरण भएलगत्तै उक्त भेहिकलले मंगल ग्रहको सतहका तस्बिरहरू धमाधम पठाउन शुरु गरेको थियो।

– सन् २०१९- धर्तिका एक चौथाई मानिस पानी संकटमा

सन् २०१९ मा आजकै दिन प्रकाशित एक रिपोर्टअनुसार धर्तिको एक चौथाई जनसंख्या पानीको चरम संकटबाट गुज्रिरहेको खुलासा भएको थियो। त्यसमध्ये १७ वटा मुलुक सबैभन्दा बढी संकटमा देखिएका थिए। विश्‍वका ठूला शहरहरू मध्ये दक्षिण अफ्रिकाको केप टाउन, अमेरिकाको लस एन्जलस र भारतको बैंगलोर पानीको सबैभन्दा बढी संकटमा देखिएका थिए। उक्त रिपोर्ट ‘वर्ल्ड रिसोर्सेस इन्स्टिच्युट’ले तयार पारेको थियो।

– सन् २०२३- पाकिस्तानी रेल दुर्घटनामा ३० मारिए

सन् २०२३ मा आजकै दिन पाकिस्तानको सिन्ध प्रान्तस्थित नवाबशाह शहरमा एक रेल लिकबाट बाहिरिँदा ३० जनाको ज्यान गएको थियो। रेलमा सवार अन्य ६० जना घाइते भएका थिए।

– सन् २०२४- रुसमाथि युक्रेनको भयानक आक्रमण

सन् २०२४ मा आजकै दिन युक्रेनले रुसको कुर्स्क क्षेत्रमा १ हजार सैनिक र ट्यांकहरू सहित भयानक आक्रमण गरेको थियो। रुसले युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण शुरु गरेयता युक्रेनले रुसी भूमिमा गरेको त्यो सबैभन्दा ठूलो प्रत्याक्रमण थियो।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप
राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

भर्खरै

  • १.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • २.
    मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

  • ३.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

  • ५.
    राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ६.
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ७.
    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

  • ८.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.