काठमाडौं । काठमाडौं महानगरको पछिल्लो मत गणनाअनुसार बालेन शाह अगाडि रहेका छन् । उनले कूल गणना मतको ४० हजारभन्दा बढी मत पाएका छन् ।
Advertisement
काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका शाहले ४० हजार ४२७ मत पाएका छन् । कूल १ लाख १३ हजार मत गणना हुँदा उनले उक्त मत पाएका हुन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् । उनले २३ हजार १९३ मत पाउँदा तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत पाएका छन् ।