• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !


    Avatar photo
बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३० जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४५- ‘यूएसएस इन्डियानापोलिस’सँगै मारिए ९०० मानिस

अमेरिकाकाको युद्धपोत ‘यूएसएस इन्डियानापोलिस’लाई सन् १९४५ मा आजकै दिन जापानको पनडुब्बीले समुद्रमा डुबाइदिएको थियो। उक्त पानीजहाजले परमाणु बमका कम्पोनेन्टहरू आपूर्ति गरिरहेको पत्ता लगाएर जापानी पनडुब्बीले त्यसलाई समुद्रमा डुबाइदिएको थियो। सोही पानीजहाजले आपूर्ति गरेका कम्पोनेन्टहरूबाट बनाइएका दुई परमाणु बम पछि जापानका हिरोसिमा र नागासाकीमा खसालिएका थिए। उक्त पानीजहाजसँगै त्यसमा सवार करिब ९०० जनाको ज्यान गएको थियो। यो दोस्रो विश्‍वयुद्धको मुख्यमध्येको एक घटना हो।

– सन् १९८०- भानुआटु स्वतन्त्र

दक्षिणी प्रशान्त महासागरीय टापु मुलुक भानुआटु सन् १९८० मा आजकै दिन स्वतन्त्र भएको थियो। त्यतिन्जेल उक्त मुलुक फ्रान्स र बेलायतको अधीनमा थियो।

– १९९०- मोनरोभियाको चर्चमा मारिए ६००

सन् १९९० मा आजकै दिन पश्‍चिम अफ्रिकी मुलुक लाइबेरियाको राजधानी मोनरोभियास्थित एक चर्चमा सैनिकहरू प्रवेश गरी अन्धाधुन्द गोली बर्साएका थिए। घटनामा २०० देखि ६०० मानिस मारिएको अनुमान छ।

– सन् २००२- दोस्रो कंगो युद्ध अन्त्य

सन् २००२ मा आजकै दिन दोस्रो कंगो युद्ध समाप्त गर्ने प्रिटोरिया सम्झौतामा हस्ताक्षर भएको थियो। डेमोक्रेटिक रिपब्लिक अफ कंगो र रुवान्डाबीच उक्त सम्झौता सम्पन्‍न भएको थियो।

– सन् २०१८- भारतका ४० लाख मानिस नागरिकताविहीन

सन् २०१८ मा भारतको आसाम राज्यमा ४० लाख मानिसलाई राष्‍ट्रीय नागरिक रजिस्टरबाट हटाइएको थियो। ती मानिसले राज्यबाट निर्वासित हुनुपरेको थियो।

– सन् २०२३- पाकिस्तानको आत्मघाति आक्रमणमा ४५ मारिए

सन् २०२३ मा आजकै दिन पाकिस्तानको उत्तर-पश्‍चिमस्थित खारमा गराइएको आत्मघाति आक्रमणमा ४५ जनाको ज्यान गएको थियो। जमियात उलेमा इस्लाम नामक धार्मिक पार्टीको र्‍यालीमा आत्मघाति विष्‍फोट गराइएको थियो।

– सन् २०२४- केरला पहिरोमा गयो १७२ को ज्यान

सन् २०२४ मा आजकै दिन भारत केरलाको वायनाड क्षेत्रमा गएको पहिरोमा परी १७२ जनाको ज्यान गएको थियो। घटनामा २२७ जना बेपत्ता भएका थिए। बेपत्ता कसैको शव अझै भेटिएको छैन।

– सन् २०२५- रुसमा ८.८ रेक्टरस्केलको भूकम्प

सन् २०२५ मा आजकै दिन रुसको काम्चट्का पेनिनसुलामा ८.८ रेक्टरस्केलको भूकम्प गएको थियो। सन् २०११ यता संसारभर गएको भूकम्पमध्ये सबैभन्दा ठूलो धक्का भइकन पनि यस भूकम्पमा एकजना पनि हताहत भएनन्। करिब १ हजार ४०० घरमा क्षति तथा ४ जना घाइते भएबाहेकको ठूलो क्षति भएन। सोही दिन सोही क्षेत्रमा ज्वालामुखी विष्‍फोट पनि भएको थियो।

– सन् २०२५- २५ सय वर्ष पुरानो ट्याटु

सन् २०२५ मा आजकै दिन शोधार्थीहरूले २ हजार ५०० वर्ष पुरानो ट्याटु फेला पारेका थिए। हाई रिजोलुसन तस्बिरमार्फत साइबेरिया क्षेत्रमा एक शवमा उक्त ट्याटु भेटिएको थियो।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.