• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु


    Avatar photo
सोमबार, साउन ११, २०८३ मा प्रकाशित

सियाटल- अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन ।

Advertisement

सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ ।

वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए । स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतिर अघि बढिरहेका बेला गोली चलेपछि सहभागीहरू भागाभाग गर्न बाध्य भएका थिए । त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो ।

वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे नियमित जानकारी लिइरहेको र स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको बताउनुभएको छ । उहाँले पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गर्नुभयो ।

प्रत्यक्षदर्शी फेथ आदिया हन्टरका अनुसार उहाँहरू खाना किनेर फर्किरहेका बेला अचानक गोली चलेको थियो । बन्दुकधारी नजिकै रहेको थाहा पाएपछि आफूहरू अन्य मानिससँगै नजिकैको भवनतर्फ भागेर सियाटल बाल सङ्ग्रहालयमा आश्रय लिनुभएको उहाँले बताउनुभयो ।

अर्का प्रत्यक्षदर्शी रोबर्टो रामिरेजले सुरुमा पटाका पड्किएको जस्तो आवाज सुने पनि केहीबेरमै मानिसहरूले ‘शूटर’ भन्दै चिच्याउँदै भाग्न थालेपछि स्थिति स्पष्ट भएको बताउनुभयो । उहाँका अनुसार केही समयमै पूरा क्षेत्र खाली भएको थियो र मानिसहरू त्रसित बनेका थिए ।

एस्टान वाकोनाबोले आफू प्रेमिकासँग फोटो बुथको लाइनमा रहेका बेला भीड एक्कासि भाग्न थालेको र त्यसपछि लगातार गोली चलेको आवाज सुनेको बताउनुभयो । उहाँका अनुसार भागदौडका क्रममा मानिसहरू लडिरहेका, बालबालिकाका स्ट्रोलरसमेत पल्टिएका र घटनास्थलमा धेरै घाइते देखिएका थिए ।

सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो । आयोजकका अनुसार यस कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार सहभागी हुने गरेका छन् ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.