• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित


    Avatar photo
आइतबार, साउन १०, २०८३ मा प्रकाशित

बोर्दो- दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गएको अधिकारीले बताएका छन् ।

Advertisement

बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन् ।

गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डढेलो थप फैलिन सहयोग गरेको छ । साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ । उक्त क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो ।

यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जङ्गल र झाडी क्षेत्र डढेलोको उच्च जोखिममा परेका छन् ।

दमकलकर्मीले जमिन र आकाशबाट बोर्दोतर्फ बढिरहेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । अग्निनियन्त्रण विमानबाट पानी र आगो फैलिन नदिने रसायन छर्किने काम भइरहेको छ । चौबीसै घण्टा खटिएका दमकलकर्मीलाई सहयोग गर्न सेनासमेत परिचालन गरिएको छ ।

बोर्दोका मेयर थोमस काजेनाभले आगो महानगरीय क्षेत्रको ढोकैमा आइपुगेको बताउनुभएको छ । आगो सहरको सबैभन्दा नजिकको बिन्दुबाट करिब १५ किलोमिटरको दूरीसम्म पुगेको उहाँले जानकारी दिनुभएको छ ।

गिरोन्डका अधिकारीले बोर्दो प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको केही भागसमेत बन्द गर्न आदेश दिएका छन् ।

यसैबीच, छिमेकी स्पेनमा पनि पूर्वी तटीय भ्यालेन्सिया क्षेत्रमा लागेको डढेलोका कारण मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसै साता भ्यालेन्सिया र म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएका अनियन्त्रित डढेलोका कारण करिब एक लाख १६ हजार मानिस घर छाड्न बाध्य भएका छन् ।

फ्रान्सको दक्षिणतर्फ रहेको ल्यान्डेस क्षेत्रमा लागेको अर्को डढेलोका कारण यस साता करिब ३० हजार मानिस विस्थापित भएका छन् । यससँगै दक्षिण–पश्चिम फ्रान्समा डढेलोका कारण घर छाड्न बाध्य हुनेको कुल सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ ।
–––

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.