• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)


    Avatar photo
बुधबार, असार ३१, २०८३ मा प्रकाशित

१) आफू अल्गोरिदमको शिकार बन्दै गरेको पत्तो नपाउने

Advertisement

– रंगीचंगी, घृणा-आक्रोशयुक्त वा तमाशायुक्त भिडियोबाट तत्काल प्रभावित हुने,
– त्यस्तो भिडियो सेयर गरेर अरूलाई पनि तुरुन्त प्रभावित तुल्याउन खोज्‍ने,
– सबै पत्रकार नेपाली सबै नेपाली पत्रकारजस्तो तारतम्य गर्ने,

२) छिटो परिणामको अस्वस्थ अपेक्षा

– दीर्घकालीन सुधारको धैर्य नदेखाउने,
– तुरुन्त समाधान नभए प्रणाली असफल ठान्‍ने,
– लोकतान्त्रिक प्रक्रियाको समयलाई कमजोरी ठान्‍ने,

३) आफूले नजानेको विषयमा विद्वता प्रदर्शन गर्ने

– पत्रकारलाई राय दिन तम्तयार रहने,
– पत्रकार नपाए आफैं सामाजिक सञ्‍जालमा भिडियो जारी गर्ने,
– जे विषयमा पनि अन्टसन्ट बोलेर बाठो बन्‍न खोज्‍ने

४) निजी क्षेत्रको महत्त्वबारे वकालत गर्ने, मौका पाउँदा निर्लज्ज रूपमा लुट्न खोज्‍ने

– नाफा गुम्‍ने भएपछि मुलुकभरका पेट्रोल पम्पहरू बन्द गर्ने,
– सार्वजनिक सेवा वा सडक अवरुद्ध गरेर दबाब सिर्जना गर्ने,
– छोटो विषयमा पनि चरम आन्दोलनको रणनीति अपनाउने,

५) हिंसात्मक भाषालाई राजनीतिक अभिव्यक्ति ठान्‍ने

– सत्तोसराप गर्ने, पहाडमा मकैको भात खान नपाएर मधेश झरेको सम्म भन्‍ने,
– एउटा पार्टीबाट मन्त्री भएपछि पार्टी टुक्र्याएर मन्त्री खाने, पुनः अघिल्लै पार्टीमा फर्कने,
– महिला तुजुक देखाउने (पहिला पुरुष तुजुक देखाएर कपडा खोल्ने प्रवृत्ति पनि थियो)

६) अरूले नियम मिचेर असर परेपछि “राज्य कहाँ छ” भनी प्रश्‍न गर्ने

– आफूले नियम नमान्दा सामान्य मान्‍ने, निजी अधिकार ठान्‍ने,
– अर्काले उही काम गर्दा राज्यको कमजोरी खोज्‍ने,
– नियम पालनामा दोहोरो मापदण्ड अपनाउने,

७) अफवाहलाई संसदीय बहस बनाउने

– तथ्य जाँच नगरी संसदमा बोल्ने, आरोप लगाउने,
– डिजिटल भीडतन्त्रलाई लोकतन्त्र ठान्‍ने,
– सोसल मिडियालाई अन्तिम सत्य मान्‍ने,

८) पश्‍चिमा लोकतन्त्रलाई हुबहु पालना नभएकोमा चिन्ता प्रकट गर्ने

– संविधानलाई गीता, बाइबल वा कुरान जत्तिकै असंशोधनीय ठान्‍ने,
– लोकतन्त्रको (आफूखुशी) मापदण्ड हातमा लिएर बस्‍ने,
– नतिजा नचाहिने प्रकृयाको मात्र चिन्ता गर्ने

९) जे मा पनि सरकारलाई दोष दिने

– ‘म यो देशको नागरिक हुँ’ भन्‍ने तर ‘डन’को पारा देखाउने,
– निहुँ खोज्‍ने, नियम पालना गर्न नसक्ने कारण प्रस्तुत गर्ने (excuse खोज्‍ने), – घर, टोल, समुदायको समस्या पनि सरकारबाट मात्र समाधान हुनुपर्ने अपेक्षा गर्ने,

१०) जे मा पनि अधिकार खोज्‍ने

– सरकारी कार्यालयहरूमा न्यूनतम तयारी नगरी जाने र कर्मचारीलाई बित्थामा दोष थोपर्ने,
– चर्को स्वर गरेर मिडियाको ध्यान आकर्षित गर्ने,
– लाइन मिच्‍ने, निर्लज्ज रूपमा प्रस्तुत हुने,

११) मनपरी गर्नुलाई लोकतान्त्रिक अधिकार ठान्‍ने

– ट्राफिक नियम उल्लंघनलाई स्वतन्त्रता सम्झिने,
– सरकारी जग्गा हडप्नुलाई व्यक्तिगत अधिकारको रूपमा प्रस्तुत गर्ने,
– कर, दस्तुर वा प्रक्रियाबाट बच्‍न खोज्‍ने,

१२) सार्वजनिक सम्पत्तिप्रति उदासीन हुने

– सडक, पार्क, सार्वजनिक भवनलाई “सरकारको” मात्र सम्पत्ति ठान्‍ने,
– फोहोर व्यवस्थापनमा व्यक्तिगत जिम्मेवारी नलिने,
– सार्वजनिक पूर्वाधारको संरक्षणमा चासो नदिने,

१३) नीतिभन्दा नेता ठूलो मान्‍ने, देवत्वकरण गर्ने

– मतको बदलामा व्यक्तिगत सुविधा खोज्‍ने,
– उम्मेदवारबाट निजी काम गराउने अपेक्षा,
– निर्वाचनलाई सेवा होइन, लाभको माध्यम ठान्‍ने

१४) आलोचना धेरै, सहभागिता कम

– स्थानीय सभा, सार्वजनिक सुनुवाइमा सहभागी नहुने,
– स्वयंसेवा वा सामुदायिक काममा रुचि कम,
– समाधानभन्दा टिप्पणीमा बढी सक्रिय हुने,

१५) कानूनलाई सिफारिसले बदल्न खोज्‍ने

– व्यक्तिगत पहुँच प्रयोग गरेर नियम छल्ने,
– समान कानूनी व्यवहारलाई कमजोर बनाउने,
– संस्थागत प्रक्रियाभन्दा चिनजानमा भर पर्ने,

१६) जबर्जस्ती गर्ने, आफ्नो जिम्मेवारी अरूमाथि थोपर्ने

– परिवारको समस्या विद्यालयलाई थोपर्ने,
– विद्यालयको समस्या सरकारलाई थोपर्ने,
– समुदायको समस्या प्रशासनलाई मात्र थोपर्ने,

१७) राजनीतिक पक्षधरतालाई नै नैतिकता मान्‍ने

– “मेरो समूहले गरे ठीक, अरूले गरे गलत” भन्‍ने,
– नीतिभन्दा दलगत समर्थनलाई प्राथमिकता दिने,
– गल्तीको निष्‍पक्ष मूल्यांकन नगर्ने,

१८) अनुशासनलाई अधिनायकवाद ठान्‍ने

– कडा नियमको विरोध गर्ने,
– समय पालनलाई अनावश्यक कठोरता ठान्‍ने,
– संस्थागत नियन्त्रणलाई स्वतन्त्रतामाथिको आक्रमण भनेर बुझ्‍ने,

१९) कानूनी कारवाहीलाई ‘राजनीतिक प्रतिशोध’को बिल्ला भिराउने

– भ्रष्‍टाचार, तस्करी वा अपराधमा संलग्‍न आफ्ना नेता, कार्यकर्ता वा नातागोता पक्राउ पर्दा कानूनी राज्यको उपहास गर्दै सडक आन्दोलन गर्ने
– त्यसलाई राजनीतिक प्रतिशोधको नारा दिने,

२०) भीडतन्त्र (Mobocracy) लाई न्यायको पर्याय मान्‍ने

– अदालत र कानूनी प्रक्रियालाई पर्खनुको साटो सडकमै भीड जम्मा गरेर आफैं फैसला गर्ने,
– तोडफोड गर्ने र भीडको बलमा कानूनलाई हातमा लिने,

२१) सजाय र अनुशासनविहीनताको खोजी

– शिक्षण संस्था, सरकारी कार्यालय वा निजी क्षेत्रमा समेत कुनै पनि प्रकारको अनुशासन वा मर्यादामा बस्‍न अस्वीकार गर्ने,
– अनुशासन कायम गर्न खोज्‍ने निकायलाई “तानाशाह”को संज्ञा दिने,

निष्‍कर्ष

गौतम बुद्धलाई ‘विष के हो ?’ भनेर कुनै एउटा शिष्‍यले प्रश्‍न गर्‍यो। बुद्धले ‘जुन वस्तु आवश्यकताभन्दा बढी छ वा हुन्छ त्यो विष हो’ भनी जवाफ दिए। कतै यो प्रसंग हाम्रो परिवेशमा लागू हुने त होइन ? शंका पैदा भएको छ।

लोकतन्त्र आफैंमा समस्या होइन, बरु समस्याको समाधान हो। समस्या चाहीं अनियन्त्रित स्वतन्त्रता, कमजोर अनुशासन र कर्तव्यहीन अधिकार चेतना हो। अधिकार र स्वतन्त्रता जति आवश्यक छन्, त्यत्तिकै आवश्यक छन् नियम पालन, उत्तरदायित्व, अनुशासन र सार्वजनिक हितप्रतिको प्रतिबद्धता। नेपाली समाजले लोकतन्त्रलाई केवल “जे मन लाग्यो त्यही गर्ने छुट” होइन, “कानूनभित्र रहेर स्वतन्त्र रूपमा बाँच्‍ने प्रणाली”का रूपमा बुझ्‍न सके मात्र लोकतन्त्रले अपेक्षित परिणाम दिन सक्छ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.