• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

बस्ती जोगाउन तटबन्ध निर्माण


    Avatar photo
मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

पाँचथर- पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।

Advertisement

सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्ध तीन मिटर उचाइको छ ।

बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताउनुभयो । रु तीन करोडको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो ।

बाढीले बहाव परिवर्तन गरेपछि हेंवा खोलाले विगत तीन वर्षदेखि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा कटान गर्दै आएको छ । बाढी र कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने सिंचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन् । खोलाको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन यस वर्षदेखि तटबन्ध निर्माण थालिएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताउनुभयो ।

उहाँका अनुसार तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३÷८४ मा पनि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ । “स्थानीय सरकारको बजेटले नपुग्ने भएपछि हामीले सङ्घीय सरकारका कार्यालयमार्फत बजेट विनियोजनका लागि पहल गरिरहेका छौँ,” मंग्रातीले भन्नुभयो, “यस वर्ष कामको सुरुआत गर्न सफल भएका छौँ ।”

हेंवा खोलाको दायाँबायाँ रहेको माझीटार बस्ती पछिल्लो समय तमोर नदीको बहाव परिवर्तनका कारण थप जोखिममा परेको छ । “एकातर्फ हेंवा खोलाले बर्सेनि क्षति पु¥याइरहेको छ, अर्कोतर्फ तमोर नदीको बहाव वस्तीतर्फ सोझिँदा जोखिम बढेको छ”, स्थानीयवासी वीरबहादुर माझीले भन्नुभयो, “तमोरतर्फ पनि तटबन्ध निर्माण गर्न जरुरी भइसकेको छ ।”

नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको बताउनुभयो । माछाका परिकारका लागि प्रख्यात माझीटारमा स्वादिष्ट स्थानीय माछाका कारण फिदिम आउने अधिकांश पर्यटक पुग्ने गर्छन् । तर बस्ती नै बाढीको जोखिममा परेपछि स्थानीयवासी र व्यवसायी चिन्तित रहेको अवस्थामा तटबन्धले केही राहत दिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा थप व्यवस्थित संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.