• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ


    Avatar photo
मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

कञ्चनपुर- डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् ।

Advertisement

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् । करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन ।

गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो । स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ । वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ । पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ । बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ । यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ । एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन । त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । स्थानीय हरिश कुँवर भन्नुहुन्छ, “गाउँसम्म सडक छैन । बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ । बाटोमै ज्यान जाने डर हुन्छ । अर्को विकल्प पनि छैन ।”

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ । लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।

गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ । दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ । खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “किनमेल गर्न झलारी पुग्नुपर्छ । सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ । वर्षायाममा धारापानी खोलामा बाढी आउँछ । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ ।”

उहाँका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ । तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ । ऐर भन्नुहुन्छ, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो । तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ । उहाँ भन्नुहुन्छ, “बाटोमा हिँड्दा कुनबेला पहिरो झर्छ, कुनबेला खोला बढ्छ भन्ने थाहा हुँदैन । सडक छैन, सुरक्षित बाटो छैन । हरेक यात्रा जोखिमपूर्ण हुन्छ ।”

कठिन भौगोलिक अवस्थाका बीच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन् । केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन् । गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ ।

स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन । त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ । सञ्चार सेवा पनि कमजोर छ । मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ । स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पु¥याएका छन् । तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन् । तर त्यसमा खासै प्रगति हुन सकेको छैन । साउद भन्नुहुन्छ, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ । सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !
राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

  • ३.
    राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ४.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • ५.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ६.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ७.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ८.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.