• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्‍व घटना : मुम्बईमा भएको त्यो आतंकवादी आक्रमण


    Avatar photo
सोमबार, असार २९, २०८३ मा प्रकाशित

काठमाडौं- आज १३ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९७७- इथियोपिया र सोमालियाबीच युद्ध शुरु

सन् १९७७ मा आजकै दिन अफ्रिकी मुलुकहरू इथियोपिया र सोमालियाबीच युद्ध शुरु भएको थियो। दुई मुलुकबीचको ओगाडेन क्षेत्रमा सोमालियाको सेनाले आक्रमण गरेपछि युद्ध शुरु भएको थियो। ९ महिनासम्म चलेको लडाईंमा सोमालियाको सेना पछाडि हटेपछि युद्धविराम भएको थियो।

– सन् १९७७- अमेरिकाबाट छुट्टियो मिनेसोटाको किन्‍नी

सन् १९७७ मा आजकै दिन मिनेसोटा राज्यको किन्‍नी क्षेत्रले अमेरिकाबाट अलग भएको घोषणा गरेको थियो। राज्यको असफल जल प्रणालीबाट निराश भएका त्यहाँका बासिन्दाले अमेरिकाबाटै अलग्गिएर ‘किन्‍नी गणराज्य’ स्थापना गरिएको घोषणा गरेका थिए। र, तत्कालीन अमेरिकी विदेश मन्त्रीलाई अलग्गै मुलुक स्थापना गरेको पत्र पठाएका थिए। तथापि, उक्त घोषणालाई कसैले पनि मान्यता दिएनन्।

– सन् १९८५- अकालबाट मृत्युविरुद्ध कन्सर्ट

सन् १९८५ मा आजकै दिन बेलायतको राजधानी लन्डन र अमेरिकाको फिलाडेल्फियामा एकसाथ सांगीतिक कन्सर्ट आयोजना भएको थियो। त्यसको मुल उद्देश्य अकालबाट धमाधम मृत्युवरण गरिरहेका अफ्रिकी मुलुक इथियोपियाका नागरिकलाई सहायता उपलब्ध गराउनु थियो। उक्त कन्सर्टमा संसारभरबाट एक अर्बभन्दा बढी दर्शक सहभागी भएका थिए। र, उनीहरूले अकाल प्रभावित इथियोपियालीका लागि लाखौं अमेरिकी डलर जुटाएका थिए।

– सन् २०११- मुम्बईमा आतंकवादी आक्रमण

सन् २०११ मा आजकै दिन भारतको आर्थिक राजधानी मानिने मुम्बईमा आतंकवादी आक्रमण भएको थियो। साँझको अति व्यस्त समयमा मुम्बईमा तीनवटा बम विष्‍फोट गराइएको थियो, जसमा परी २६ जनाको ज्यान गएको थियो। अन्य १३० जना घाइते भएका थिए। जाभेरी बजार, ओपेरा हाउस र दादर वेस्टमा तीनवटा बम विष्‍फोट गराइएको थियो। यासिन भटकल नामक आतंकवादी नेतृत्वको इन्डियन मुजाहिद्दिनले घटनाको जिम्मेवारी लिएको थियो।

– सन् २०१८- आत्मघाति विष्‍फोटमा पाकिस्तानमा मारिए १२८

सन् २०१८ मा आजकै दिन पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाति विष्‍फोटमा परी १२८ जनाको ज्यान गएको थियो। एक चुनावी अभियानलाई लक्षित गर्दै उक्त विष्‍फोट गराइएको थियो। इस्लामिक स्टेट नामक अन्तर्राष्‍ट्रीय आतंककारी संगठनले त्यसको जिम्मा लिएको थियो।

– सन् २०२१- दक्षिण अफ्रिकी राष्‍ट्रपतिलाई जेल सजाय

सन् २०२१ मा आजकै दिन दक्षिण अफ्रिकाका तत्कालीन राष्‍ट्रपति ज्याकोब जुमालाई जेलमा हालिएको थियो। उनलाई जेल पठाइएको विरोधमा भएका हिंस्रक प्रदर्शनहरूमा ३३७ जनाले ज्यान गुमाएका थिए। र, २०० भन्दा बढी सपिङ मलहरूमा आगो लगाइएको थियो।

– सन् २०२४- ट्रम्पमाथि घातक आक्रमण

चुनाव प्रचारमा रहेका डोनाल्ड ट्रम्पमाथि आजकै दिन घातक आक्रमण भएको थियो। पेन्सिलभेनियाको बटलर क्षेत्रमा चुनावी सभाका क्रममा थोमस म्याथु क्रुक्स नामक व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। त्यस क्रममा एक ट्रम्प समर्थकको ज्यान गयो। र, ट्रम्पको कानमा गोली लाग्यो। सेक्रेट सर्भिसका जवानको गोली प्रहारबाट क्रुक्सको घटनास्थलमै ज्यान गयो।

 

सोमबार, असार २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.