• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु


    Avatar photo
शनिबार, असार २७, २०८३ मा प्रकाशित

नाइजेरिया-  नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् ।

Advertisement

सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्।

सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् ।

गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले बताउनुभयो, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो ।

“सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,” मुहम्मदले एएफपीलाई बताउनुभयो ।

अर्का बासिन्दा अबुबकर कुदी–कासाले भन्नुभयो, “बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो।”

“लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन्,” कुदी–कासाले अगाडि भन्नुभयो ।

दुई हप्ता अघि सेनाले लुटेराहरूको शिविरमा हमला गर्न खोजेको थियो तर “अत्यधिक सङ्ख्या र राम्रोसँग सुसज्जित सशस्त्र’ लुटेरासँग लड्ने बल नपुग्ने अनुमानपछि फिर्ता हुनुपरेको थियो।

“सेनाले राम्रो तयारी गरेर फर्किएर उनीहरूमाथि कडा प्रहार ग¥यो,” उहाँले थप्नुभयो ।

अर्का बासिन्दा शेहु दान्दारेले पनि सेनाले ‘गिरोहहरूलाई बमबारी’ गरेर ३०० भन्दा बढी मारिएको बताउनुभयो ।

गत वर्ष जुलाईमा नाइजेरियाली सेनाले केब्बी राज्यमा ३५० जति ल्ुटेराहरूको ठूलो समूहलाई घेराबन्दीमा पारी कम्तीमा १५० जनालाई मारिदिएको थियो।

एक महिनापछि जाम्फाराको बुककुयुम क्षेत्रमा सेनाले ४०० भन्दा बढी गिरोह सदस्यहरू भएको जङ्गली शिविरमा हवाई हमला र स्थलगत कारबाही गरी १०० भन्दा बढीलाई मारिदिएको संयुक्त राष्ट्रसङ्घलाई बुझाउन तयार पारिएको सुरक्षा रिपोर्टमा उल्लेख छ ।

जाम्फारा सरकारले यो हप्ताको कारबाहीलाई हिंसात्मक अपराधविरुद्धको ‘महत्वपूर्ण सफलता’ भनेको छ ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया बहुविध सुरक्षा सङ्कटसँग जुधिरहेको छ।

पूर्वोत्तर नाइजेरियामा सन् २००९ देखि सुरुमा बोको हराम, त्यसपछि यसको शाखा तथा प्रतिद्वन्द्वी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स नामक इस्लामिक चरमपन्थी विद्रोह चलेको छ ।

हालैका महिनाहरूमा नाइजेरियाले जिहादीहरूलाई मार्न सफलता पाएको दाबी गरेको छ। यसअघि क्रिसमसको दिन अमेरिकी हवाई हमला र नाइजेरियाली सेनाको सहकार्यमा सोकोतो राज्यमा गरिएको कारबाहीमा लुटेरा समूहतर्फ ठूलो क्षति भएको थियो ।

अमेरिकाले नाइजेरियाली सेनालाई सहयोग र तालिम दिन सयौँ सैनिक खटाएको छ।

अमेरिका–नाइजेरिया संयुक्त कारबाहीमा इस्लामिक स्टेट समूहको विश्व स्तरको दोस्रो कमान्डरसहित करिब २०० लडाकुहरू मारिएका थिए।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !
राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

  • ३.
    राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ४.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • ५.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ६.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ७.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ८.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.