• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्वकपमा निष्पक्षतामाथि बहस


    Avatar photo
मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

जेनेभा-  फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन अन्तिम समयमा हटाउने निर्णय गरेपछि विश्वकप फुटबलको निष्पक्षता, नियमको समान प्रयोग र राजनीतिक प्रभावबारे व्यापक बहस सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच भएको टेलिफोन संवादपछि आएको निर्णयले अन्तर्राष्ट्रिय फुटबल वृत्तमा गम्भीर प्रश्न उठाएको छ ।

Advertisement

बालोगुनलाई बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा गम्भीर फाउलका कारण रातो कार्ड देखाइएको थियो । सामान्यतः यस्तो अवस्थामा कम्तीमा एक खेलको प्रतिबन्ध लाग्ने भए पनि फिफाको अनुशासनात्मक समितिले आइतबार निलम्बन हटाउँदै उहाँलाई ४० हजार अमेरिकी डलर जरिवाना गरेर खेल्न अनुमति दिएको थियो । त्यसपछि सोमबार बेल्जियमविरुद्धको विश्वकपको नकआउट खेलमा उहाँ मैदान उत्रिनुभयो ।

तर विवादास्पद निर्णयले अमेरिकालाई फाइदा पुग्न सकेन । बालोगुन टोलीमा रहे पनि अमेरिका बेल्जियमसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । यद्यपि खेलको नतिजाभन्दा बढी चर्चा फिफाको निर्णय र त्यसको प्रक्रियाले पायो ।

युरोपेली फुटबल महासङ्घ (युइएफए) ले फिफाले ‘लक्ष्मण रेखा पार गरेको’ टिप्पणी गर्दै निर्णयलाई अभूतपूर्व, अन्यायपूर्ण र बुझ्न कठिन भनेको छ । युइएफएका अनुसार नियमको निश्चितता र समान कार्यान्वयन खेलको विश्वसनीयताको आधार हो र त्यसमा कमजोरी आए प्रतियोगिताको अखण्डता नै जोखिममा पर्छ ।

बेल्जियम फुटबल सङ्घले पनि बालोगुनको योग्यतामाथि औपचारिक आपत्ति जनाएको थियो । तर फिफाको अपिल समितिले खेल सुरु हुनुभन्दा केही घण्टाअघि बेल्जियमको चुनौती खारेज गर्दै त्यसलाई मुद्दा उठाउने कानूनी आधार नभएको निष्कर्ष निकालेको थियो । बेल्जियमले अझै स्विट्जरल्यान्डस्थित खेलकुद मध्यस्थता अदालतमा जाने विकल्प खुला राखेको छ ।

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रातो कार्ड राजनीतिक फोन कलका आधारमा नभई नियम, प्रमाण र स्वतन्त्र निकायका निर्णयबाट मात्र उल्टिनुपर्ने बताउनुभयो । स्विस फुटबल सङ्घले पनि प्रतियोगिताको विश्वसनीयता स्पष्ट र स्थिर नियममा निर्भर रहने जनाएको छ ।

विभिन्न राष्ट्रिय टोलीका प्रशिक्षकहरूले पनि निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नर्वेका प्रशिक्षक स्टाले सोलबाक्केनले यसले भविष्यका रातो कार्डसम्बन्धी निर्णयमा अन्योल सिर्जना गर्ने बताउनुभयो । इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले पनि अब पहेँलो कार्डसमेत पुनरावलोकन हुनसक्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।

फिफाले भने आफ्नो निर्णयको बचाउ गरेको छ । संस्थाले रातो कार्डका कानूनी परिणाम पुनरावलोकन गर्नु आधुनिक फुटबलमा नयाँ विषय नभएको र युरोपका धेरै शीर्ष लिगमा यस्ता निर्णय नियमित रूपमा हुने गरेको जनाएको छ । फिफाका अनुसार यसलाई खेलको निष्पक्षताविरुद्धको कदमका रूपमा व्याख्या गर्नु उचित होइन ।

विवादको केन्द्रमा अमेरिकी राष्ट्रपति ट्रम्पको भूमिका पनि रहेको छ । ट्रम्पले सोमबार आफूले इन्फान्टिनोलाई फोन गरेर घटनाको समीक्षा गर्न आग्रह गरेको स्वीकार गर्नुभयो । यद्यपि उहाँले कुनै विशेष निर्णयको दबाब नदिएको दाबी गर्नुभयो । उहाँले रातो कार्डलाई ‘डरलाग्दो निर्णय’ भन्दै दुई खेलाडीबीचको सामान्य टक्करको रूपमा आफूले हेरेको बताउनुभयो ।

इन्फान्टिनोले भने फिफाका न्यायिक निकाय स्वतन्त्र रहेको र उनीहरूले स्वायत्त रूपमा निर्णय गर्ने स्पष्ट पार्नुभएको छ । ट्रम्पसँगको कुराकानीमा पनि आफूले कानूनी प्रक्रिया जारी रहेको जानकारी मात्र गराएको उहाँको भनाइ छ ।

इन्फान्टिनो र ट्रम्पबीचको निकट सम्बन्ध यसअघि पनि विवादको विषय बनेको थियो । गत वर्ष फिफा काङ्ग्रेस ढिलो भएको घटनादेखि लिएर ट्रम्पलाई फिफा शान्ति पुरस्कार प्रदान गरिएको विषयसम्म युरोपेली फुटबल वृत्तले पटक–पटक चासो व्यक्त गर्दै आएको छ । नर्वे फुटबल सङ्घले त इन्फान्टिनोमाथि राजनीतिक तटस्थता उल्लङ्घन गरेको आरोप लगाउँदै नैतिक उजुरीसमेत समर्थन गरेको थियो ।

बालोगुनको घटनाले विश्वकपमा अनुशासनात्मक निर्णयसम्बन्धी फिफाको पछिल्लो अभ्यासमाथि पनि प्रश्न उठाएको छ । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इक्वेडरका मोइसेस काइसेडो, अर्जेन्टिनाका निकोलस ओटामेन्डी लगायत केही खेलाडीलाई पनि अपेक्षाभन्दा नरम सजाय दिइएको भन्दै आलोचना भएको थियो । त्यस्तै दक्षिण अफ्रिकाका थेम्बा ज्वानेजस्ता खेलाडीले भने समान प्रकृतिको घटनामा कडा प्रतिबन्ध भोग्नुपरेको उदाहरणसमेत प्रस्तुत गरिएको छ ।

यस घटनापछि विश्व फुटबलमा नियमको समान प्रयोग, न्यायिक निकायको स्वतन्त्रता र राजनीतिक प्रभावबाट खेललाई टाढा राख्ने विषय फेरि बहसको केन्द्रमा पुगेको छ । बेल्जियमले थप कानूनी प्रक्रिया अघि बढाउने सम्भावना रहेकाले विवाद अझै केही समय जारी रहने सङ्केत देखिएको छ ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

भर्खरै

  • १.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • २.
    मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ६.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ७.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ८.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.