• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार


    Avatar photo
शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

रसुवा- गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनःसञ्चालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन् ।

Advertisement

उत्तरगया गाउँपालिका-५ स्थित त्रिशूली नदीबाट खनिएको बेतेगौँडा, पहिरेबेँसी कैदलटार सिँचाइ आयोजना बाढीका कारण अवरुद्ध भएपछि सो क्षेत्रमा निर्माणाधीन ३७ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको हो । बाढीले तीन सय मिटरभन्दा बढी भूभाग क्षति पुर्‍याएको थियो ।

उक्त उपकरणको सहायताले पहिरेबेँसी, कैदलटारलगायत क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उत्तरगया गाउँपालिका-४ का वडाध्यक्ष अम्मरबहादुर बुलुनले जानकारी दिनुभयो । बेतेगौँडा सिँचाइ आयोजना तत्कालीन सार्वजनिक निर्माण शाखाअन्तर्गत रसुवा-नुवाकोट ग्रामीण विकास परियोजनामार्फत निर्माण गराइएको थियो ।

यस आयोजनाले विगतदेखि स्थानीय कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै आएको थियो । लामो समयसम्म अवरूद्व सिँचाइ पुनःसञ्चालनमा आएपछि स्थानीय नागरिक हर्षित भएका छन् । बाढीले संरचना क्षति पुर्‍याएपछि खेतीपाती प्रभावित बनेको अवस्थामा जलविद्युत् आयोजनाको सहयोगमा लिफ्ट प्रणालीमार्फत पानी तान्ने उपकरण सहयोग स्वरूप उपलब्ध भएसँगै सिँचाइ सुविधा पुगेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन् ।

स्थानीय किसान नवराज थापाका अनुसार सिँचाइ सुविधा उपलब्ध भएपछि हिउँदेयाममा मकै, गहुँ, तोरी तथा धानखेती गर्न सहज भएको छ । सिँचाइको भरपर्दो व्यवस्थाले उत्पादन वृद्धि हुनुका साथै किसानमा उत्साह थपिएको उहाँको भनाइ छ ।

आधुनिक सिँचाइ प्रणालीको विकास विसं २०३० को दशकदेखि विभिन्न सरकारी तथा अन्तरराष्ट्रिय सहयोगमा ग्रामीण विकास परियोजनामार्फत सुरु भएको ज्येष्ठ नागरिक एवं समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो ।

जिल्लाको चार हजार ७३८ दशमलव ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिए पनि हालसम्म तीन हजार ७३१ हेक्टरमा मात्र सिँचाइको सुरूवात भएको डिभिजन सिँचाइ प्रमुख सुभाष बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा छ सय घरधुरीका तीन हजार व्यक्तिले सिँचाइको सुविधा उपभोग गरिरहेका छन् ।

यथेष्ठ रूपले खेतबारीमा पानीको पहुँच पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना सञ्चालन भएका जानकारी दिँदै प्रमुख बानियाँले यो वर्षको सिँचाइ विकासका लागि रु एक करोड २३ लाख खर्च भइसकेको उल्लेख गर्नुभयो ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.