• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

श्रीलङ्का:पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ


    Avatar photo
बिहिबार, असार ११, २०८३ मा प्रकाशित

कोलम्बो-  श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

Advertisement

श्रीलङ्काको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको हो । उहाँमाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकमको घुसको लेनदेन गरेको आरोप लागेको छ ।

अधिकारीहरूका अनुसार उक्त रिहाइका लागि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ बराबरको घुस मागिएको थियो । भ्रष्टाचार अनुसन्धान आयोगले रकिथा राजपक्षेले त्यसमध्ये करिब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको जनाएको छ ।

घटना भएको समयमा उहाँका पिता विजयदास राजपक्षे न्याय तथा कारागार सुधार मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । यद्यपि सन् २०२४ को आम निर्वाचनमा तत्कालीन सरकार पराजित भएपछि लागुऔषध तस्करलाई रिहा गर्ने योजना कार्यान्वयन हुन नसकेको जनाइएको छ ।

नादुन चिन्ताका ‘हरक काटा’ नामले परिचित छन् । श्रीलङ्का प्रहरीले उनलाई देशका सबैभन्दा खतरनाक लागुऔषध तस्करमध्ये एकका रूपमा वर्णन गर्दै आएको छ । उनीमाथि आपराधिक सञ्जाल सञ्चालन गरेको आरोप छ र हाल उनी न्यायिक हिरासतमा रहेका छन् ।

गत सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिइएको छ । त्यसयता उच्च तहका राजनीतिक तथा प्रभावशाली व्यक्तिमाथि अनुसन्धान र कारबाही बढेको छ । रकिथा राजपक्षे पछिल्लो उच्च–प्रोफाइल व्यक्तिका रूपमा पक्राउ पर्नुभएको हो ।

अधिकारीहरूले विजयदास राजपक्षेको परिवार सन् २००५ देखि २०२२ सम्म श्रीलङ्काको राजनीतिमा प्रभाव जमाएको राजापाक्ष राजनीतिक परिवारसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् । उक्त राजनीतिक वंशका केही सदस्यहरूले भने मनी लान्ड्रिङ र शक्ति दुरुपयोगसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् ।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.