• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

बर्नह्याम सत्ताको सङ्घारमा


    Avatar photo
बुधबार, असार १०, २०८३ मा प्रकाशित

लन्डन- बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिनुभएको छ । सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ । यसैबीच, राजीनामाको घोषणा गरिसक्नुभएका प्रधानमन्त्री किर स्टार्मरले आफ्नो कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता बढाउँदै राजनीतिक विरासत सुरक्षित गर्ने प्रयास गरिरहनुभएको छ ।

Advertisement

स्टार्मरले सोमबार पदत्याग गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । लेबर पार्टीले नयाँ नेता चयन गरेपछि केही साताभित्र उहाँ प्रधानमन्त्री पदबाट बाहिरिने तयारीमा हुनुहुन्छ । बुधबार उहाँले संसद्मा साप्ताहिक प्रधानमन्त्री प्रश्नोत्तर सत्रको सामना गर्नुपर्नेछ भने त्यसपछि युक्रेन युद्ध, युरोपेली सुरक्षा र मध्यपूर्वको अवस्थाबारे छलफल गर्न बर्लिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बर्लिनमा जर्मनी, फ्रान्स, इटाली, पोल्यान्ड र बेलायत सम्मिलित ‘ई–५’ समूहको बैठकमा उहाँको सहभागिताले कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय मुद्दामा उहाँले दिएको प्राथमिकतालाई झल्काउँछ । घरेलु राजनीतिक दबाबका बीच पनि युक्रेनलाई सहयोग तथा इरानसँग सम्बन्धित क्षेत्रीय तनावको असर व्यवस्थापनका लागि युरोपेली साझेदारहरूसँग समन्वय गर्न उहाँ सक्रिय देखिनुभएको छ ।

लेबर पार्टीभित्र केही नेताहरूले बर्नह्यामका नीति र दृष्टिकोणमाथि खुला बहस आवश्यक रहेको भन्दै नेतृत्व प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए । यही उद्देश्यले ड्यारेन जोन्सलाई उम्मेदवारी दिन प्रोत्साहन गरिएको थियो र बर्नह्यामले सांसद तथा पार्टी सदस्यहरूसमक्ष आफ्ना नीति र कार्यक्रमको परीक्षण गराउने अवसर प्राप्त हुने अपेक्षा गरिएको थियो । तर अर्कोतर्फ, नेतृत्व प्रतिस्पर्धाले पार्टीभित्रको विभाजन उजागर गर्ने र राजनीतिक अनिश्चितता लम्ब्याउने तर्क पनि प्रस्तुत गरिएको थियो ।

स्काई न्युजसँग कुरा गर्दै जोन्सले नेतृत्वको दौड आफूले नलड्ने स्पष्ट पार्नुभयो । यद्यपि उहाँले बर्नह्यामलाई आर्थिक नीतिमा अत्यधिक वामपन्थी दिशातर्फ नजान सुझाव दिनुभयो । व्यापारिक तथा वित्तीय क्षेत्रका केही व्यक्तिहरूले लेबर सरकारको सम्भावित आर्थिक नीतिप्रति चासो र चिन्ता व्यक्त गरिरहेका बेला जोन्सले भावी वित्तमन्त्रीले बजार, ट्रेड युनियन, संसदीय लेबर पार्टी र आम जनतालाई विश्वासमा लिन सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।

बर्नह्यामले अर्को साता आफ्ना केही आर्थिक योजनाबारे सार्वजनिक रूपमा धारणा राख्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री स्टार्मरद्वारा नियुक्त वित्तमन्त्री राहेल रिभ्सलाई प्रतिस्थापन गर्ने व्यक्ति चयन गर्ने जिम्मेवारी पनि सम्भावित रूपमा बर्नह्यामकै हातमा पर्ने देखिएको छ ।

स्टार्मरको दुई वर्षे कार्यकाल विभिन्न राजनीतिक निर्णय, नीतिगत विवाद र रणनीतिक त्रुटिका कारण निरन्तर दबाबमा रह्यो । ती घटनाक्रमले पार्टीभित्र र जनतामाझ उहाँको लोकप्रियतामा असर पारेको मानिन्छ । त्यसैको परिणामस्वरूप उहाँले नेतृत्व हस्तान्तरणको निर्णय लिनुभएको हो ।

सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहनुभएका पूर्व क्याबिनेट मन्त्री बर्नह्यामले गत साता सम्पन्न उपनिर्वाचनमार्फत पुनः संसद्मा प्रवेश गर्नुभएको थियो । संसद्मा फर्कनुको प्रमुख उद्देश्य नै लेबर पार्टीको नेतृत्व तथा प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्नु रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

अहिलेसम्म उहाँविरुद्ध कुनै औपचारिक चुनौती देखिएको छैन । सम्भावित प्रतिस्पर्धी मानिएका पूर्व स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले समेत बर्नह्यामलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ ।

लेबर नेतृत्वका लागि उम्मेदवारी दर्ता जुलाई ९ मा खुल्ने र एक सातापछि बन्द हुने कार्यतालिका तय गरिएको छ । यदि बर्नह्याम एकमात्र उम्मेदवार रहनुभयो भने उहाँ जुलाई १७ भित्रै प्रधानमन्त्री बन्न सक्नुहुन्छ । प्रतिस्पर्धा भएमा भने सेप्टेम्बर १ मा संसद्को ग्रीष्मकालीन बिदा समाप्त भएर पुनः बैठक सुरु हुँदासम्म नयाँ नेता चयन भइसक्ने अपेक्षा गरिएको छ ।

मङ्गलबार मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा स्टार्मरले उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया व्यवस्थित र स्थिर ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री पदको अन्तिम चरणमा रहँदा उहाँले आफ्नो राजनीतिक विरासतलाई बलियो बनाउने प्रयास जारी राख्नुभएको छ । यद्यपि, अबको अवधिमा उहाँलाई नयाँ ठूला नीतिगत घोषणा वा अतिरिक्त खर्च प्रतिबद्धता गर्ने अधिकार नरहेको जनाइएको छ ।

यसैबीच, बेलायती सरकारले लामो समयदेखि प्रतीक्षामा रहेको रक्षा लगानी योजनासमेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ । रक्षामन्त्री जोन हेलीको राजीनामापछि सुरु भएको रक्षा क्षेत्रको पुनर्संरचना प्रक्रियालाई अगाडि बढाउँदै जुलाई ७ र ८ मा टर्कीमा हुने नाटो शिखर सम्मेलनअघि उक्त योजना सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ । सम्मेलनमा स्टार्मर सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.