• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का


    Avatar photo
शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

कोलम्बो : चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ। सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ।

Advertisement

खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने वाचा गरेका छन्।

गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन।

यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्छ, तर आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन्। ‘परिस्थितिको गम्भीर्यलाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

श्रीलङ्काले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन्। ‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिन,’ श्रीलङ्कालीहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन्।

सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ, ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ।

ग्यास सिलिण्डरको पसरलमा पाँचसय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन्। पाँचजनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीनदिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन्। आंशिकरुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौ–धौ भएको छ। उनी भन्छन् –बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौँ। अन्तिम विकल्प खानाबिना मर्ने हो।

केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन। आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४०% सम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका सङ्केत नदेखिएका जनाएका छन्।

यो महिना खाद्यान्नको मूल्य ४६.६ प्रतिशतले बढेर मुद्रास्फीति २९.८ प्रतिशत पुगेको छ। सरकार विरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौँ विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिरहेका छन्।

गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्ष र उनका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड–१९ महामारीले देशमा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन्।

सात आर्थिक शक्तिहरूको समूहले श्रीलङ्काको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ)ले पनि श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिक नियाली रहेको र आगामी मङ्गलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ।

शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता
साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • २.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ३.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

  • ४.
    मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

  • ५.
    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

  • ६.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • ७.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ८.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.