• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्‍व घटना : १२८ वर्षपछि द नेदरल्यान्ड्सले फिर्ता गर्‍यो नाइजेरियाका ११९ मूर्ति


    Avatar photo
आइतबार, असार ०७, २०८३ मा प्रकाशित

काठमाडौं- आज २१ जुन। विश्‍व इतिहासको लामो कालखण्डमा आजको दिन असंख्य घटना भएका थिए। प्रस्तुत छ, विश्‍व इतिहासमा आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८९५- किल क्यानल खुला

सन् १८९५ अर्थात् १३१ वर्षअघि आजकै दिन जर्मनीका सम्राट विलहेम द्वितीयले किल क्यानलको उद्‍घाटन गरेका थिए। जर्मनीको उत्तरी क्षेत्र अवस्थित उक्त क्यानल ९८ किलोमिटर लामो छ। र, यो विश्‍वकै अति व्यस्त कृत्रिम जलमार्ग हो, जसले नर्थ सी र बाल्टिक सीलाई जोड्छ।

– सन् १९९०- इरानी भूकम्पमा मारिए ५० हजार

सन् १९९० मा आजकै दिन इरानमा गएको शक्तिशाली भूकम्पमा परी ५० हजारजनाको ज्यान गएको थियो। मन्जिल रुडबार इलाकामा गएको भूकम्प ७.७ रेक्टर स्केलको थियो।

– सन् १९९३- ३५६ वर्ष पुरानो गणितको समस्या हल

सन् १९९३ मा आजकै दिन बेलायती गणितज्ञ एन्ड्र्यु विल्सले ३५६ वर्ष पुरानो गणितको समस्या हल गरेका थिए। फ्रान्सका गणितज्ञ पियरे डी फर्मेटको अन्तिम थियोरमलाई सिद्ध गर्दै विल्सले कठिन समस्या सुल्झाएका थिए।

– सन् २००४- स्पेससिप वानको पहिलो मानवयुक्त निजी उडान

सन् २००४ मा आजकै दिन स्पेससिप वानले पहिलोपटक मानवयुक्त निजी अन्तरिक्ष उडान पूरा गरेको थियो। निजी प्रायोजनको उक्त अन्तरिक्ष यान धर्तिबाट १०० किलोमिटरभन्दा केही उचाइमा उडेको थियो। र, त्यसमा पाइलट थिए, माइक मेलभिल। यानमा उनी मात्र सवार थिए।

– सन् २००९- ग्रिनल्यान्डले ग्रहण गर्‍यो स्वशासन

सन् २००९ मा आजकै दिन ग्रिनल्यान्डले स्वशासन घोषणा गरेको थियो। त्यस अघिसम्म यो टापुमा डेनमार्कको शासन थियो। स्वशासन ऐनले ग्रिनल्यान्डलाई आन्तरिक मामिलामा पूर्ण स्वतन्त्रता दिएको थियो। तथापि, विदेश नीतिमा अझै पनि डेनमार्कको नियन्त्रण कायम छ।

– सन् २०१५- विषाक्त मदिरा पिउँदा गयो १०२ को ज्यान

सन् २०१५ मा आजकै दिन भारतको मुम्बईमा विषाक्त मदिरा पिउँदा १०२ जनाको ज्यान गएको थियो। मुम्बईको झुपडपट्टि क्षेत्र मलाडको लक्ष्‍मीनगरमा उक्त घटना भएको थियो। अन्य ४५ जना गम्भीर बिरामी परेका थिए। उक्त घटनालाई मुम्बईमा एक दशकयताकै खराब मानिएको थियो।

– सन् २०१८- इजरायली प्रधानमन्त्री नेतन्याहुकी पत्‍नीमाथि ठगी आरोप

सन् २०१८ मा आजकै दिन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्‍नी सारामाथि ठगी गरेको आरोप लागेको थियो।

– सन् २०२३- अमेरिकामा ल्याब उत्पादित मासु

अमेरिकाले आजकै दिन पशु कोशिकाहरूबाट तयार पारिएको कुखुराको मासु उत्पादन र सेवनका लागि अनुमति दिएको थियो। यो अमेरिकाको पहिलो प्रयोगशालामा विकसित मासु थियो। यसको उद्देश्य पशुपंक्षी र पर्यावरणलाई हुने नोक्सानी कम गर्नु हो।

– सन् २०२४- पोथीसँग संसर्गबिनै सर्पले जन्मायो १४ बच्चा

सन् २०२४ मा आजकै दिन ६ फुट लामो सर्पले पोथीसँग संसर्गबिनै १४ बच्चा जन्माएको थियो। ब्राजिली रेन्बो बोआ कन्स्ट्रिक्टर रोनाल्डोले अलैंगिक प्रजनन गरेको थियो। उक्त प्रयोग बेलायतको पोर्स्टमाउथमा गरिएको थियो।

– सन् २०२५- १२८ वर्षपछि द नेदरल्यान्ड्सले फिर्ता गर्‍यो नाइजेरियाका ११९ मूर्तिहरू

सन् २०२५ मा आजकै दिन द नेदरल्यान्ड्सले अफ्रिकी मुलुक नाइजेरियाका ११९ वटा मूर्तिहरू फिर्ता गरेको थियो। ती मूर्तिहरू तत्कालीन बेनिन किङ्डमबाट तत्कालीन ब्रिटिस साम्राज्यको सेनाले १२८ वर्षअघि सन् १८९७ मा लुटेर लगेको थियो। ती मूर्ति पछि द नेदरल्यान्ड्स पुर्‍याइएको थियो।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

भर्खरै

  • १.
    सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

  • २.
    ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

  • ३.
    नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ४.
    चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.