काभ्रे । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् ।
Advertisement
शुक्रबार राति सम्पन्न मत गणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन् ।
अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरे । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।
उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरे ।