• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : भारतीय र चिनियाँ सैनिकबीचको त्यो भिडन्त


    Avatar photo
मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

काठमाडौं- आज १६ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका र विश्‍वव्यापी चर्चा पाएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६३- अन्तरिक्षमा पुगिन् पहिलो महिला

सन् १९६३ मा आजकै दिन भेलेन्टिना तेरेस्कोभा अन्तरिक्षमा पुग्‍ने पहिलो महिला बनेकी थिइन्। तत्कालीन सोभियत संघकी अन्तरिक्षयात्री तेरेस्कोभा ‘भोस्तोक-६’ यानमा सवार भएर पृथ्वीको ४८ पटक परिक्रमा गरेकी थिइन्। र, सकुशल धर्तिमा अवतरित भएकी थिइन्। उनलाई ‘सोभियत संघको हिरो’ घोषणा गरिएको थियो। र, संयुक्त राष्‍ट्र संघको शान्ति पदक पनि प्रदान गरिएको थियो।

– सन् १९७६- दक्षिण अफ्रिकामा ७०० स्कुले विद्यार्थीको हत्या

दक्षिण अफ्रिकामा तत्कालीन रंगभेदी सरकारले प्रजातन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएका स्कुले छात्र-छात्रामाथि निर्ममतापूर्वक दमन गर्दै ७०० भन्दा बढीको हत्या गरेको थियो। प्रदर्शनमा उत्रिएका करिब २० हजार विद्यार्थीहरूको समूहमाथि अन्धाधुन्द गोली बर्साइएको थियो। उनीहरूले आफ्ना विद्यालयहरूमा अफ्रिकी भाषामा पढाइ हुनुपर्ने माग गरेका थिए। तर, प्रहरीले भिडमाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो। ‘सोवेटो विद्रोह’ नाम दिइएको उक्त घटनाको स्मरणमा दक्षिण अफ्रिकामा बर्सेनि युवा दिवस मनाइन्छ।

– सन् २०१०- सुर्तिमाथि प्रतिबन्ध लगाउने पहिलो देश बन्यो भुटान

भुटानले सन् २०१० मा सुर्ति र सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाएर त्यसका लागि संसारको पहिलो मुलुक बनेको थियो। भुटानमा सुर्तिको खेती, उत्पादन र बिक्रीमाथि निरन्तर प्रतिबन्ध छ। कुनै निजी सेटिङमार्फत त्यहाँका नागरिकले चुरोट सेवन गरिरहेकै हुन्छन्। तर, त्यो क्रियाकलाप भुटानमा गैरकानूनी हो। कानूनी रूपमा त्यहाँ सुर्ति र सुर्तिजन्य पदार्थ प्राप्त गर्न असम्भव छ।

– सन् २०२०- भारतीय र चिनियाँ सैनिकबीचको त्यो भिडन्त

सन् २०२० मा आजकै दिन भारत र चीनका सैनिक आपसमा मल्ल युद्धमा भिडेका थिए। त्यसमा परी कम्तिमा २० भारतीय सैनिक मारिएका थिए। भारतको लद्दाख र चीनको अक्साई चीनस्थित सीमा गाल्वन उपत्यकामा दुई मुलुकका सैनिकबीच शारीरिक रूपमा हानाहान चलेको थियो। त्यो ४५ वर्षयता भारत र चीनका सैनिकबीच भएको पहिलो भिडन्त थियो।

– सन् २०२४- १०५ वर्षीयाको मास्टर्स डिग्री

सन् २०२४ मा एक अमेरिकी महिलाले १०५ वर्षको उमेरमा स्‍नातकोत्तर उत्तीर्ण गरेर रेकर्ड राखेको थिइन्। भर्जिनिया हिस्लप नामक उनी अमेरिकाको क्यालिफोर्नियामा जन्मेकी थिइन्। र, सेन्ट्रल वासिङ्टनको यकिमा भ्यालीमा बसोबास गर्थिन्। उनले ८३ वर्षअघि पारिवारिक कारणबाट पढाइ छाड्नुपरेको थियो। क्यालिफोर्नियाकै स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्‍नातकोत्तर पूरा गरेकी हुन्।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.