• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु


    Avatar photo
सोमबार, असार ०१, २०८३ मा प्रकाशित

लाहोर- पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली बालिकाको मृत्यु भएको छ । घटनामा उनका परिवारका अन्य दुई सदस्य घाइते भएका छन् । अस्ट्रेलिया सरकारले उक्त घटनाको पारदर्शी र निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

Advertisement

पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको प्रहरीले दिएको जानकारी अनुसार बुधबार डकैतीको घटनामा प्रतिक्रिया जनाउँदै पुगेका प्रहरी अधिकारीहरूले संदिग्धहरूसँग गोली हानाहान गरेका थिए ।

पञ्जाब प्रहरीको अपराध नियन्त्रण विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घटनापछिको भागदौडमा एक प्रहरी अधिकारीले गल्तीवश संदिग्धहरू पीडितको गाडीमार्फत भाग्न खोजिरहेका छन् भन्ने अनुमान गरी गोली चलाएका थिए ।”

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मृतक बालिका नौ वर्षकी रहेको जानकारी दिँदै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो । “एक सानी बालिकाले ज्यान गुमाएकी मात्र होइन, उनका परिवारका अन्य सदस्यहरू पनि घाइते भएका छन् । यो अत्यन्तै दुःखद् र पीडादायी घटना हो”, उहाँले पत्रकारहरुसँग भन्नुभयो ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

पञ्जाब प्रहरीले घटनाबारे ‘पूर्ण, निष्पक्ष र पारदर्शी अनुसन्धान’ भइरहेको जनाएको छ । प्रहरीले विज्ञप्तिमा भनेको छ, “हामी यस दुःखद् घटनाबाट गहिरो मर्माहत भएका छौँ । उच्च जोखिमयुक्त परिस्थितिमा काम गर्दा पनि निर्धारित कार्यविधिबाट विचलित हुने कुनै औचित्य हुँदैन ।”

प्रहरीका अनुसार गलत निर्णयका कारण १० वर्षीया हानियाको मृत्यु भएको हो भने उनका बुबा र भाइ घाइते भएका छन् ।

घटनासम्बन्धी पीडित बालिकाका बुबाको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ । गोली चलाउने प्रहरी अधिकारीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र हाल हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

अस्ट्रेलियाली सञ्चारमाध्यमहरूका अनुसार उक्त परिवार पश्चिमी अस्ट्रेलियाको पर्थ सहरबाट पाकिस्तानमा आफन्त भेट्न गएको बेला घटना भएको थियो ।

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.