काठमाडौँ- काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
Advertisement
बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटनामा परेको हो।
उक्स बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।
‘घटनास्थलमै ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म १६ जनाको उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ,’ डिएसपी विष्टले भने।
उनका अनुसार दुर्घटना स्थलमा हेर्दा थप मान्छे भेटिएको छैन। चालकका अनुसार यात्रुहरू त्यति नै छन्।
के कारणले दुर्घटनामा परेको भनेर प्रहरीले बुझिरहेको छ।