• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा


    Avatar photo
सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

रौतहट- गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ ।

Advertisement

विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनजी आन्दोलनका क्रममा आगोले ध्वस्त भएको थियो । आगजनीबाट भवनको भुँइतला, पहिलो र दोस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आगलागीबाट रु आठ करोडभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बताउनुभयो ।

“भवन पुनर्निर्माण हुन नसक्दा नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बनेको छ”, उहाँले भन्नुभयो । स्थानीय सरकारले नागरिकलाई सहज ढङ्गले सेवा प्रवाह गर्न जतिसक्दो चाँडो भवन पुनर्निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रशासनिक भवन जलेपछि अहिले भाडाको घरबाट नगरपालिकाले कामकाज गर्दैआएको छ । उक्त भाडाको घरमा धेरै शाखालाई एउटै भवनभित्र व्यवस्थापन गर्न कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । एउटै कोठामा एकभन्दा बढी शाखा सञ्चालन गर्नुपर्ने बाध्यता र साँघुरो कार्यस्थलका कारण सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसअन्तर्गतको केन्द्रीय निर्माण वस्तु परीक्षणशाला ललितपुरबाट आएको प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्थाको स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाएको छ । गत माघमा आगलागीबाट प्रभावित कङ्क्रिट, माटो र खरानीका नमूना सङ्लन गरी प्राविधिक परीक्षणपश्चात अध्ययन गरेर परीक्षणशालाले गैरविनाशकारी तथा अर्धविनाशकारी परीक्षणका नतिजाका आधारमा चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवनमा आवश्यक संरचनात्मक सुदृढीकरण उपाय कार्यान्वयन नभएसम्म तत्काल भवन प्रयोग वा पुनः प्रयोग नगर्न सिफारिस गरेको चन्द्रपुर नगरपालिकाका इन्जिनियर महेश बरालले जानकारी दिनुभयो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सहप्राध्यापक डा क्षितिजचरण श्रेष्ठ, उपप्रध्यापक ई अरुण पौडेल, ई कबिन लामिछाने र ई अरुन सुवेदीले उक्त क्षतिग्रस्त भवनको अवस्थाबारे जानकारी लिएको थियो । नगरपालिका भवन पुनर्निर्माणमा रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । सो भवन पुनर्निर्माण गर्न नगर विकास कोषबाट ३० प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २० प्रतिशत नगरपालिकाको लागत सहभागितामा पुनर्निर्माण गर्ने योजना बनाएको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो ।

भाडाको भवनमा कार्यालय सञ्चालन गर्दा मासिक रूपमा ठूलो रकम खर्च भइरहेको छ भने सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । नगरपालिकाका कर्मचारीका अनुसार पर्याप्त कार्यकक्ष नहुँदा कागजात व्यवस्थापन, बैठक सञ्चालन तथा शाखागत समन्वयमा पनि समस्या देखिएको छ । अहिले भाडाको घरमा नगरपालिकाका प्रमुख काफ्ले र उपप्रमुख जयमाला चौधरीको कार्यकक्ष नै छैन । नगरप्रमुख र उपप्रमुख कर्मचारीको कोठामा गएर कार्यसम्पादन गर्दै आउनुभएको छ ।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.