• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : एकै दिन मारिए २७४ प्यालेस्टिनी


    Avatar photo
सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

काठमाडौं- आज ८ जुन। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९८७- न्युजिल्यान्डलाई परमाणुमुक्त क्षेत्र घोषणा

सन् १९८७ मा आजकै दिन न्युजिल्यान्डले आफ्नो मुलुकलाई परमाणुमुक्त क्षेत्र घोषणा गरेको थियो। ‘निशस्त्रीकरण तथा शस्त्र नियन्त्रण ऐन, १९८७’ पारित गर्दै न्युजिल्यान्डले उक्त घोषणा गरेको थियो। उक्त कानूनअनुसार परमाणु ऊर्जाबाट चल्ने जहाजहरूलाई पनि न्युजिल्यान्ड प्रवेशमा रोक लगाइएको थियो। आफ्नो देशलाई परमाणुमुक्त बनाउने न्युजिल्यान्ड पहिलो मुलुक थियो।

– सन् १८८७- हर्मन होलेरिथलाई पन्च कार्ड क्याल्कुलेटरको प्याटेन्ट

सन् १८८७ मा आजकै दिन अमेरिकाका हर्मन होलेरिथलाई पन्च कार्ड क्याल्कुलेटरको प्याटेन्ट प्रदान गरिएको थियो। उनी अमेरिकी डेटा प्रोसेसिङमा पायोनियर हुन्। उनले आफ्नो मेसिनको उपयोग सन् १८९०-९१ मा लिइएको अमेरिकी जनगणनाको डेटा प्रशोधन गर्न उपयोग गरेका थिए।

– सन् २०१८- संसारकै शक्तिशाली सुपर कम्प्युटर सार्वजनिक

सन् २०१८ मा आजकै दिन अमेरिकाको टेनेसीमा संसारको हालसम्मकै शक्तिशाली सुपर कम्प्युटर सार्वजनिक गरिएको थियो। उक्त कम्प्युटरले प्रति सेकेन्ड २ लाख ट्रिलियन गणना गर्न सक्छ। आईबीएम र एनभीडियाले ओक रिज नेसनल ल्याबोरेटोरीमा उक्त कम्प्युटर बनाएका हुन्।

– सन् २०२०- लकडाउनले जोगियो ३० लाख युरोपेलीको ज्यान

कोभिड-१९ महामारीबाट मानिसलाई बचाउन समयमै लकडाउनमा जाँदा युरोपेली मुलुकहरूमा ३० लाख जनाको ज्यान बचेको रिपोर्ट सार्वजनिक भएको थियो। लन्डनस्थित इम्पेरियल कलेजले सार्वजनिक गरेको रिपोर्टमा लकडाउनमा जाने निर्णय बुद्धिमत्तापूर्ण रहेको उल्लेख थियो।

– सन् २०२१- संसारको पाँचौं महासागर

सन् २०२१ मा आजकै दिन नेसनल जोग्राफिकले साउथ ओसनलाई संसारको पाँचौं महासागर घोषणा गरेको थियो।

– सन् २०२३- ट्रम्पविरुद्ध ३४ वटा गम्भीर मुद्दा

अमेरिकी संघीय अभियोजकहरूले पूर्व अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ३४ वटा गम्भीर मुद्दा दायर गरेका थिए। रक्षासम्बन्धी जानकारीहरू अवैध रूपमा राखेको, फ्लोरिडास्थित आफ्नो रिसोर्टमा दर्जनौं वर्गीकृत दस्तावेजहरू राखेको र न्यायमा बाधा पुर्‍याएको अभियोगमा उनीविरुद्ध त्यति धेरै मुद्दा दायर भएका थिए। तर, दोस्रोपटक उम्मेदवार बन्‍न उनलाई बन्देज नलगाइएकाले ट्रम्प पुनः राष्‍ट्रपति निर्वाचित भएका छन्।

– सन् २०२४- एकै दिन मारिए २७४ प्यालेस्टिनी

सन् २०२४ मा आजकै दिन इजरायली सेनाले गाजाको मध्य क्षेत्रस्थित नुसेरात शिविरमा चलाएको अपरेसनका क्रममा एकै दिन २७४ जना प्यालेस्टिनी मारिएका थिए। र, अन्य ६९८ जना घाइते भएका थिए। अपरेसनका क्रममा ४ जना इजरायली बन्धकलाई मुक्त गराइएको थियो।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.