• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : चीनमा मोबाइल चलाउनेलाई अलग्गै बाटो !


    Avatar photo
शनिबार, जेठ २३, २०८३ मा प्रकाशित

काठमाडौं- आज ६ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३०- पसलमा फ्रोजन फुडको पहिलो बिक्री

सन् १९३० मा आजकै दिन पहिलोपटक पसलमा फ्रोजन फुड बिक्रीमा राखिएको थियो। अमेरिकाको म्यासाच्युसेट्सस्थित स्प्रिङफिल्डमा १८ वटा स्टोरले एकसाथ फ्रोजन फुड बिक्रीमा राखेका थिए। यो उपभोक्ताको प्रतिक्रिया बुझ्‍ने परीक्षण थियो। बर्डस् आई फ्रोजन फुड कम्पनीका संस्थापक क्लियरेन्स आधुनिक फ्रोजन फुड उद्योगका पिता मानिन्छन्।

– सन् १९८२- लेबनानमाथि इजरायली आक्रमण

सन् १९८२ मा आजकै दिन इजरायली सेनाले लेबनानमाथि आक्रमण थालेको थियो। ३ जुन १९८२ मा बेलायतका लागि इजरायली राजदूत स्लोमो आर्गोभमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इजरायलले लेबनानमा हमला गरेको थियो। तीन वर्ष चलेको युद्धमा हजारौं निहत्था सर्वसाधारण मारिएका थिए।

– सन् १९८४- भिडियो पजल गेम सार्वजनिक

सन् १९८४ मा आजकै दिन तत्कालीन सोभियत संघका कम्प्युटर इन्जिनियर एलेक्सी पाजित्‍नोभले ‘टेट्रिस’ नामक भिडियो पजल गेम सार्वजनिक गरेका थिए। उक्त गेम १० करोड प्रति बिक्री भएको थियो, जुन इतिहासको सर्वाधिक लोकप्रिय भिडियो गेममध्ये एक हो।

– सन् १९९४- चीनमा विमान दुर्घटनामा मारिए १६०

सन् १९९४ मा आजकै दिन चीनको सियानमा विमान दुर्घटनामा १६० जनाको ज्यान गएको थियो। ‘टुपोलोभ- १५४ एम’ विमान सियानबाट ग्वाङ्झाउका लागि उड्नासाथ दुर्घटनामा परेको थियो। विमानमा सवार सबैको ज्यान गएको थियो।

– सन् १९९४- कोलम्बिया भूकम्पमा मारिए १ हजार

सन् १९९४ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी १ हजारजनाले ज्यान गुमाएका थिए। भूकम्प र त्यसपछि आएको हिम पहिरोमा कोलम्बियाको टोएज क्षेत्र तहसनहस भएको थियो।

– सन् १९९९- ब्राजिलमा जेल तोडेर भागे ३४५ बन्दी

सन् १९९९ मा आजकै दिन ब्राजिलको इतिहासकै ठूलो जेल ब्रेक भएको थियो। घटनामा ३४५ जना बन्दी जेल तोडेर भागेका थिए। त्यसपछि बन्दीको खोजी क्रममा दुई भगौडा मारिए भने ५ निर्दोषलाई जेलमा हालियो।

– सन् २००२- पृथ्वीमा विष्‍फोट भयो क्षुद्र ग्रह

सन् २००२ मा आजकै दिन पृथ्वीमाथि एक क्षुद्र ग्रह विष्‍फोट भएको थियो। ग्रिस र लिबियाको बीचमा भूमध्य सागरमाथि विष्‍फोट भएको क्षुद्र ग्रहको ब्यास करिब १० मिटर थियो। विष्‍फोटको बल २६ किलोटन रहेको अनुमान छ, जुन जापानको नागासाकीमा विष्‍फोट गराइएको परमाणु बमभन्दा शक्तिशाली थियो।

– सन् २०१८- चीनमा स्मार्टफोन प्रयोगकर्तालाई अलग्गै बाटो

चीनको सिआन प्रान्तमा आजकै दिन स्मार्टफोन प्रयोगकर्ताका लागि अलग्गै पैदल मार्ग सञ्‍चालनमा ल्याइएको थियो। स्मार्टफोन चलाउँदै ढिलो गतिमा हिँड्ने पैदल यात्रीका लागि उक्त बाटो प्रयोगमा छ।

– सन् २०२३- अदालत पुग्‍ने पहिलो बेलायती राजपरिवार सदस्य

सन् २०२३ मा आजकै दिन बेलायतका पूर्व राजकुमार ह्यारीले अदालतमा उजुरी गरेका थिए। उनी १३० वर्षयता अदालतको ढोका ढकढक्याउने शाही परिवारका पहिलो सदस्य थिए। आफ्नो इमेल ह्याक गरेर महत्त्वपूर्ण सूचनाहरू सार्वजनिक गरेको न्युजपेपर मिरर ग्रुपविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

– सन् २०२४- डिस्फ्रुटार संसारकै उत्कृष्‍ट रेस्टुराँ

सन् २०२४ मा स्पेनको बार्सिलोनास्थित डिस्फ्रुस्टार रेष्‍टुराँलाई संसारकै उत्कृष्‍ट घोषणा गरिएको थियो। त्यस रेस्टुराँका सञ्‍चालकहरू ओरिओली क्यास्त्रो, एडुआर्ड जाट्रुच र माटेउ क्यासानास हुन्।

 

शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.