• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : नेपालका अन्तिम राजाको गद्दी आरोहण


    Avatar photo
बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौं- आज ४ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १७८३- पहिलो हट एयर बेलुन प्रदर्शन

फ्रान्सका मोन्टगल्फियर दाजुभाइले सन् १७८३ मा आजकै दिन हट एयर बेलुन प्रदर्शन गरेका थिए। करिब १० मिनट उनीहरूले हट एयर बेलुनको उडान गरेका थिए।

– सन् १९१७- पहिलो पुलित्जर पुरस्कार प्रदान

सन् १९१७ मा पहिलोपटक पुलित्जर पुरस्कार प्रदान गरिएको थियो। त्यसयता बर्सेनि विधिन्‍न विधामा उक्त पुरस्कार प्रदान गरिँदै आएको छ। पीत पत्रकारिताका पिता मानिने जोसेफ पुलित्जरले कोलम्बिया विश्‍वविद्यालयलाई उपलब्ध गराएको धनराशिबाट उक्त पुरस्कार दिन शुरु गरिएको हो।

– सन् १९८९- तियानमेनमा हजारौंको हत्या

चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्‍वायरमा आजकै दिन चिनियाँ सेनाले गोली बर्साउँदै ट्यांकहरूले पेल्दा हजारौं प्रदर्शनकारीको ज्यान गएको थियो। प्रजातन्त्र माग गर्दै प्रदर्शन गरिरहेका नागरिकमाथि कम्युनिस्ट सरकारले निर्मम दमन गरेको थियो।

– सन् २००१- नेपालका अन्तिम राजा ज्ञानेन्द्रको गद्दी आरोहण

दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह आजकै दिन राज सिंहासनमा बसेका थिए। तथापि, उच्च महत्त्वाकांक्षा र नागरिक अधिकार खोसेर तानाशाही शासन लागू गर्न खोजेपछि जनआन्दोलनको बलबाट उनी गद्दीच्युत भए। र, नेपालका अन्तिम राजा बन्‍न पुगे।

– सन् २०१९- अमेजन जंगल विनाश

सन् २०१९ मा ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सीले विश्‍वकै फोक्सो मानिने अमेजनको जंगल व्यापक विनाश भएको तथ्य खुलासा गरेको थियो। संस्थाका अनुसार ३० दिनभित्रमा स्थानीय बासिन्दाले ७४० वर्ग किलोमिटर क्षेत्रफलको जंगल सखाप बनाएका थिए।

– सन् २०२०- फिलिपिन्स सरकारद्वारा ८ हजारको हत्या

सन् २०२० मा आजकै दिन संयुक्त राष्‍ट्र संघले फिलिपिन्समा सरकार पक्षबाट भएको नरसंहारको आलोचना गरेको थियो। फिलिपिन्स सरकारले लागूऔषध तस्करी र प्रयोगविरुद्ध राष्‍ट्रीय युद्ध घोषणा गरेको थियो। र, त्यस क्रममा ८ हजारजना मारिएका थिए। फिलिपिन्सको संसदले प्रतिआतंकवाद कानून पारित गर्दै सरकारले ती हत्याका लागि बाटो खोलेको थियो।

– सन् २०२०- रुसमा संकटकाल

सन् २०२० मा आजकै दिन रुसले राष्‍ट्रीय संकटकाल घोषणा गरेको थियो। साइबेरियास्थित रुसी शहर नोरिल्स्क नजिक आर्कटिक सर्कलमा २० हजार लिटर डिजेल पोखिएपछि उक्त संकटकाल घोषणा गरिएको थियो।

– सन् २०२२- संसारभर मंकिपक्सको प्रकोप

सन् २०२२ मा आजकै दिन विश्‍व स्वास्थ्य संगठनले २७ वटा मुलुकमा मंकिपक्स फैलिएको बताएको थियो। र, संसारभर उक्त महामारीप्रति सतर्कता अपनाउन आग्रह गरेको थियो।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.