कुनै बेला समय बुझेका
झापाली बाको समय दौडेको थियो
Advertisement
दाहिने डडेलधुरे बडाकाजी
बायाँ मने कमरेट थिए !
बोलेका थिए, कराएका थिए
यो भूमिको स्वयम्भू मैं हुँ भन्ने थियो !
मनपरी बोलेका थिए !
मनपरी गरेका थिए !
बालाई आजकाल
जेनजी नामको दशा लागेछ !
त्यसको असर
आफ्नै मान्छे दुश्मन लाग्ने
घर सर्नुपर्ने
बोली नफुट्ने !
यो दशाबाट मुक्ति पाउने उपाय
झापातिर डेरा सर्नु नै हो बा !