• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागिन् हसिना

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

अदानचुलीका दुई बस्ती पहिरोको उच्च जोखिममा


    Avatar photo
शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

हुम्ला-  जिल्लाको अदानचुली गाउँपालिका-२ का दुई बस्ती पहिराको उच्च जोखिममा छन् । वर्षाको समयमा अदानचुली-२ को खलसेरा बस्ती र थपाली बस्ती पहिराको उच्च जोखिममा पर्ने गरेका हुन् ।

Advertisement

करिब ५४ परिवार रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको छ भने माथिल्लो भागसँगैको क्षेत्रको माटो फुस्रो भएकाले वर्षा लाग्ने वित्तिकै बस्ती बगाउँ छ की भन्ने त्रास हुने गरेको स्थानीय सुरेन्द्र बुढाले बताउनुभयो । उहाँका अनुसार अरु समयमा बस्न योग्य भएको भए पनि वर्षाया सुरु हुने वित्तिकै कतिबेला घरसहित जमिन बगाउने हो भन्ने चिन्ताले सिँगो गाउँ त्रासमा बस्ने गरेको छ ।

गाउँ तलको जमिन बर्सेनि पहिरो गएर छेउसम्म आइपुगेको छ । बर्खामा पानी बढी पर्दा पहिरोको डरले यहाँका मानिस गाउँ छोडेर अन्यत्र जानुपर्ने बाध्यता छ । बर्खाको समयमा रातभरि डराएर जाग्राम बस्ने गरिएको बुढाले दुःखेसो व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले वर्षायाममा मात्र बस्ने नसक्ने अवस्था रहेकामा करिब छ वर्षयतादेखि बाह्रै महिना स्थानीय त्रासमा बस्न बाध्य छन् ।

सोही वडाअन्तर्गत थपाली बस्तीमा ३५ परिवार बसोबास गर्दै आएका छन् । यो गाउँ पनि पहिरोको उच्च जोखिममा छ । सो बस्तीको माथि भीर र बस्तीका बीच भागमा श्रीनगरबाट भलपानीसहितको पहिरो जाने भएकाले बस्ती जोखिममा परेको स्थानीय बताउँछन् । बस्ती जोखिम हुँदाहुँदै पनि अन्यत्र जाने उपयुक्त स्थान नभएकाले त्रासमा बस्नुपरेको स्थानीयको भनाइ छ ।

बलौटे माटो खसिरहने भएकाले कुनै पनि समयमा पहिरो जान सक्ने स्थानीय बुढाले अनुमान गर्नुभयो । “उक्त बस्तीसँग गल्फागाड श्रीनगर सडक जोडिएकाले बजारीकरण हुने आशमा स्थानीयले बस्ती छोड्न मानेका छैनन् । गल्फागाड खोलाले सो बस्तीको केही भाग काट्दै आएको छ”, उहाँले भन्नुभयो ।

अदानचुली-२ को वडा कार्यालयले यस बस्तीलाई पहिरोको अतिउच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ  । सो बस्ती विस्तारका लागि पटकपटक गाउँपालिका विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिमा सूचीकृत गराउँदा पनि प्रदेशसम्म पुग्न नसकेको वडाध्यक्ष नन्द महताराले बताउनुभयो । उहाँका अनुसार यी दुई बस्ती विस्तारका लागि आफूले धेरै पटक प्रदेशमा गएर जानकारी गराए पनि हालसम्म सुनुवाइ नभएको बताउनुभयो ।

दुवै बस्तीका सबै घर परम्परागत ढुङ्गा र माटोसँगै जस्ता पाताले छाइएका छन् । वडाध्यक्ष महताराले भन्नुभयो, “बस्तीमाथि भिरालो र ढुङ्गा खसिरहने भिर छ । तल बलौटे माटो भएकाले यो ठाउँ पहिराको उच्च जोखिममा छ ।” स्थानीयको उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

भर्खरै

  • १.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • २.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

  • ३.
    केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

  • ४.
    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

  • ५.
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • ६.
    सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

  • ७.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • ८.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.